आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटले पनि गर्यो कथित दसै बहिस्कार

mongolvision | 15 अक्टोबर 2021

नुवाकोटले पनि गर्यो कथित दसै बहिस्कार


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा नुवाकोटद्वारा जिल्लासभाको कार्यालय बिदुर ९ कोलोनीमा  १५  अक्टोबरको दिन हिन्दु चाड दसैं बहिष्कार गरेको छ।
दसैं बहिष्कार कार्यक्रमलाई जिल्लासभाको अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षता र केन्द्रिय सदस्य कसिमा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि तामाङले सबै लाई  कालो टीका लगाएर दसैंको वास्तविकताबारे प्रष्ट पार्नु भएको थियो ।
त्यसैगरि नुवाकोटको एम एन ओ ककनी गाउँपालिका सभा,म्यागङ ६ वडा सभा ,दाङसिङ वडा सभाहरुले पनि कालो टीका लगाएर औपचारिक रुपमा दसैं बहिष्कार गरेको छ। ककनी गाउँपालिकासभाले आयोजना गरेको दसैं बहिष्कार कार्यक्रमको प्रमुख अतिथी धनमाया तामाङले उपस्थित सम्पुर्ण अहिन्दु मुलबासी मंगोलहरुलाइ कालो टीका लगाइदिएर दसैं बहिष्कार गर्नुको कारण स्पष्ट पार्नु भएको थियो ।

नुवाकोटले पनि गर्यो कथित दसै बहिस्कार

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्