शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकाेटमा बृहत मंगाेल सभा भब्यताका साथ सम्पन्न

Rajendra Tamang | 13 अप्रिल 2019

नुवाकाेटमा बृहत मंगाेल सभा भब्यताका  साथ सम्पन्न

काठमाण्डू/मंगाेल नेसनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोट को आयोजनामा 8 April 2019 का दिन बिदुर9 कोलोनी स्थित थ्रिडि खेल मैदानमा  बृहत खुल्ला मंगोल सभा सम्पन्न भएको छ।कार्यक्रम जिल्लासभा नुवाकोटको अध्यक्ष चन्द्र लोप्चन तामाङकाे सभाध्यक्षता तथा संगठनका बरिस्ठ केन्द्रीय सदस्य थुप्तेन लामा काे प्रमुख अाथित्यता र केन्द्रीय सर्वाेच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ काे बिशिस्ट अाथित्यतामा सम्पन्न भएकाे हाे ।

नुवाकाेटमा बृहत मंगाेल सभा भब्यताका  साथ सम्पन्न

 कार्यक्रमका प्रमुख अतिथि थुप्तेन लामाले कार्यक्रम लाई सम्बोधन गर्नुहुदै मुलवासी मङ्गोल जाग्नु भनेको नै यो देश जाग्नु हो भन्ने कुरालाई जोड दिनुहुदै अहिले आफू ७४ बर्ष मा रहेको र ८० बर्ष सम्म पुग्दा यो देशको राज्य सत्ता मुलवासी माङ्गोल को हातमा आउने आशा र भिजन को कुरा आफ्नो सपनाले संकेत गरेको इङ्गित गर्नु भयो ।अस्तित्व को खातिर संगठनमा तीन दशक भन्दा अधिक समय बिताइसक्नुभएका  लामाले सत्यको पक्षमा वकालत गर्न सबै मा आव्हान गर्नुभयो । यसैगरी कार्यक्रम का बिशिस्ट अतिथि संगठन का केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङले सभालाई सम्बोधन गर्नुहुदै बाैद्द धर्मगुरू लोपाको आशिर्वाद ले जन्मिएका तानाशाही पृथ्वीनारायण शाह ले नै यहाँ का मुलवासी मङ्गोल्हरुको भुमि, अस्तित्व ,धर्म ,सस्कार ,इतिहास नामेट पारेर असली हिन्दुस्थान को उपनाम दिएर क्रुर शाशक काे रुपमा उदाएको बताउनु भयाे।कालो इतिहासले मडारिएकाे बादलकाे घेरा भित्र लुकाइएकाे  मंगाेल पुर्खाकाे रगत र अांशु काे बर्षाले रूझेकाे  हिन्दुवाद्को छाता मुलवासी मङ्गोल माथि ओडाएर  कायरताको रामायण र मनुस्मृतीको पान्दुलिपी बोकिरहे गाउँ गाउँ मा सल्लाह छ बाहुन छेत्री भगाउने  हल्ला छ भन्ने नारा लाग्न  सक्ने चेतावनि दिनुहूदै  समय  छदै सच्चिन अाग्रह गर्नुहुदै  प्रकृतिले मंगाेल अाउ अस्तित्व बचाउ भनेर मुलवासी मंगाेलहरूलाइ स्वागत गरि सकेकाे  स्पष्ट पार्नुभयो ।कार्यक्रमलाइ सम्बाेधन गर्ने क्रममा नेता तामाङले मंगाेलहरू डर र भयले त्रासमूक्त मानव भएकाेले  बाहुनबादकाे कुनै पनि धमासले ८० प्रतिशत मुलवासी मंगाेलहरू विचलित  नहुने प्रष्ट्रयाउदै संसारमा प्रकृति संग सुगन्ध भएका व्यक्तिले मात्रै मुलुककाे मुहार फेर्न सक्ने बताउनु भयाे।विश्वका महापुरूष हरूकाे उदाहरण  दिनुहुदै नेता तामाङले बुद्दले जस्ताे अालीसन दरवार त्याग्न सक्ने,सुकरातले जस्ताे हांसी हांसी विष सेवन गर्न सक्ने र डा.गाेपाल गुरूङले जस्ताे जिवन समर्पन गर्न सक्ने व्यक्तिले मात्र समाज र मुलूक परिवर्तन गर्न सक्ने  प्रष्टायाउनु हुदै प्रकृतिवाद भनेकाे बुद्दवाद,बुद्दवाद भनेकाे विज्ञानवाद र विज्ञानवाद भनेकाे नै मंगाेलवाद  भएकाे कुरालाइ  उजागर गर्नु भयाे।  यसैगरी संगठन का केन्द्रिय आर्थिक सभाका सदस्य धनमाया तामाङ ले मङ्गोल हरुको गुमेको अस्तित्व प्राप्तिको लागि मङ्गोल्हरु एक जुत भैसकेको कुरालाइ प्र्स्टयाउदै झापामा बन्दै गरेको मङ्गोल रिसर्च सेन्टर को लागि आर्थिक वा नैतिक जसरी सकिन्छ तेसैअनुरुप सहयोग गरिदिनको लागि अपिल गर्नुभयो ।संगठनका केन्द्रिय सदस्य कासिमा तामाङले पर्दा पछाडी लुकेर बसेको सत्यलाई अगाडि ल्याएर मङ्गोल नेशनल अर्गनाइजेसनले मुलवासी मङ्गोलहरुलाइ अस्तित्व को लागी अगाडि बढ्न प्रेरित गरिरहेको बताउनु भयो।बैकल्पिक केन्द्रिय सदस्य प्रेम श्रेष्ठ ले सोही कार्यक्रम को अबसर पारेर मङ्गोल रिसर्च सेन्टर को लागि रु १०११११ आर्थिक रकम सहयोग गर्ने घोषणा गर्नुभयो ।यसैक्रममा तिन नम्बर प्रदेश सभा का अध्यक्ष लाक्पा तामाङ (कृष्ण ) ले हिन्दुबाद्ले लादिएर बाच्न बिवश बनाईएका मङ्गोलहरु अब सत्य कुरा बुझेर एकीकृत भैसकेको बताउनु भयो ।मन्तव्यकै क्रममा तीन नम्बर प्रदेश सभा सदस्य सृशा तामाङले बुद्ध जन्मेको देशमा बुद्का सन्तान मङ्गोल हरु अस्तित्व बिहिन बाच्नु बिलकुल अशैह्य रहेकोले सहि बाटो मा मुलवासी मङ्गोलहरु को पाइला अग्रसर गराएर मात्र मङ्गोल मुक्ति को गन्तब्य निर्धारण हुने बताउनु भयो ।मन्तव्यकै क्रममा तिन नम्बर प्रदेश सभा सदस्य पुस्पा तामाङ ले मुलवासी मङ्गोल हरु विजयको सङ्घारमा आइसकेको बताउनु भयो ।कार्यक्रममा संगठन केन्द्रिय सदस्य जोनि मंगोल विश्वकर्मा, केन्द्रिय सदस्य रतन बहादुर मगर, केन्द्रिय सदस्य मेन लामा तितुङ,  केन्द्रिय सदस्य शान्तकुमार मगर , 3नम्बर प्रदेश सभा  सचीव राजेन्द्र तामाङ ,प्रचार प्रसार सचीव सालिकराम थापा मगर, सदस्य दिलमान तामाङ, सदस्य सागर आले मगर सदस्य ,रुपा थापा मगर ,सदस्य प्रदिप गुरुङ, सदस्य सेल्जोम तामाङ, धादिङ अध्यक्ष सन्तोष कुमार तामाङ, दोलखा अध्यक्ष निमा घिसिङ तामाङ, उदयपुर अध्यक्ष जंग राणा मगर ,ओम सिङ तामाङ रसुवा जिल्ला सचिव ,,सुप्पल गुरुङ थ्री डि युवा क्लब अध्यक्ष ,आशा बहादुर लामा धर्मगुरु तथा समाजसेवी ,रन्जिता लामा मिस तामाङ 2018 फष्ट रनरफ ,अनिल कुमार तामाङ मंगोल गोर्खाज मल्टिप्रपोज प्रा.लि को सदस्य ,लयुल तामाङ थ्री डि युवा क्लबको खेल संयो,पिटि अनलाइनका प्रेम लाल तामाङ  ,भक्त बहादुर गुरुङ रसुवा जिल्लाको शिक्षक र MNO सुपेक्षुक ,पन्ज बहादुर तामाङ धादिङ जिल्लासभाको वरिष्ठ सल्लाहकार ,फुलमाया तामाङ तामाङ लगायत अथिती हरुको उपस्थिति रहेको थियो ।कार्यक्रम को स्वागत मन्तव्य जिल्ला सभा नुवाकोट का सदस्य बुद्धिमान तामाङ ले राख्नु भएको थियो ।मङ्गोल गायक सन्तोष कुमार तामाङ ले नाच्यो नि मङ्गोल नाच्योनी लगायत क गित गायर कार्यक्रम लाई संगीतमय बनाउनु भएको थियो ।यसैगरी कलाकार फुलमाया तामाङ ,प्राथना तामाङ ,सबिना तामाङ ले आफ्नो प्रस्तुति राख्नु भएको थियो । साैहार्द वातावरणमा  सम्पन्न भएकाे कार्यक्रम जिल्ला सभा नुवाकाेटका सचिव प्रदिक्षा बाइवा मंगाेल र सह सचिव करण तामाङले ले संचालन गर्नुभएकाे थियाे।अस्तित्वकाे निम्ति उपस्थित भिडलले  बिदुर ,काेलाेनि मंगाेलमय बनेकाे थीयाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्