बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा एम. एन. ओ. को संगठन विस्तार तीव्र बन्दै

mongolvision | 10 जनवरी 2022

नुवाकोटमा एम. एन. ओ. को संगठन विस्तार तीव्र बन्दै


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटले आफ्नो संगठन विस्तार तीव्र रुपमा अगाडि बढाएको छ । एम. एन. ओ. नुवाकोट जिल्ला सभा अध्यक्ष प्रदिक्षा तामाङको जानकारी अनुसार निकट भविष्यमा हुनगइरहेको चुनावलाई लक्षित गर्दै जिल्ला सभाले संगठन वितारलाई तीव्र रुपमा अगाडि बढाएको हो । 
         जिल्ला सभाको आयोजनामा जनवरी ८ तारिखका दिन स्थानीय मंगोल समर्थक चक्र बहादुर तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा विदुर नगरपालिका वडा नं. १३ स्थित देवीथानामा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिमा वाग्मती प्रान्तीय सभा सदस्य पुष्पा तामाङ्रहनुभएको थियो । कार्यक्रममा नुवाकोट जिल्ला सभा सदस्य चमन तामाङ, प्रचारप्रसार सचिव मम्बिल तामाङ, कोषाध्यक्ष वीर बहादुर लामा, अध्यक्ष प्रदिक्षा तामाङ र विशिष्ट अतिथि पुष्पा तामाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तामाङले अबको आउने चुनावमा आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त मूलबासी मंगोलहरुलाई चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । कार्यक्रमकै अवसर पारेर खमन तामाङको अध्यक्षतामा १५ सदस्यीय वडा सभा गठन गरेको हो । म्यागङ गाउँसभा सदस्य एस पी दोङले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम गाउँसभा अध्यक्ष सन्त बहादुर तामाङले सञ्चालन गर्नुभएको थियो । 
      त्यसैगरी लिखु गाउँसभाको आयोजनामा जनवरी ८ तारिखकै दिन लिखु गाउँपालिका वडा नं. ३ स्थित चुखुडामा मंगोल प्रशिक्षण तथा वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लिखु गाउँसभा अध्यक्ष राजेश राईको सभाध्यक्षतामा एवं केन्द्रिय सदस्य धनमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि वाग्मती प्रान्तीय सभाका सहसचिव कर्म तामाङ रहनुभएको थियो भने  अतिथिहरुमा नुकाकोट जिल्ला सदस्य दिपेश राई र सुरेन्द्र तामाङ, सूर्यगढी गाउँसभा अध्यक्ष मधु तामाङ रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु मधु तामाङ, दिपेश राई, सुरेन्द्र तामाङ र विशिष्ट अतिथि कर्म तामाङले मंगोल दर्शनका बारेमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तामाङले मंगोल अस्तित्व प्राप्तिको निमित्त र मुलुकको दिगो विकासको निमित्त अबको अन्तिम विकल्प भनेकै मंगोल नेशनल अर्गनाइजेशन भएकाले सबैले आफ्नो अमुल्य मत कुखुराको भालेमा दिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमकै अवसर पारेर सोम बहादुर राईको अध्यक्षतामा १२ सदस्यीय वडा सभा गठन गरिएको छ । स्थानीय मंगोलप्रमी महानुभावहरुको बाक्लो उपस्थिमा सम्पन्न उक्त कार्यक्रम नुकाकोट जिल्ला सभा सचिव उमा तामाङले सञ्चालन गर्नुभएको थियो ।

नुवाकोटमा एम. एन. ओ. को संगठन विस्तार तीव्र बन्दै

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्