शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा एम.एन.ओ. को वडा सभा गठन

mongolvision | 10 जनवरी 2022

नुवाकोटमा एम.एन.ओ. को वडा सभा गठन


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेस नुवाकोट जिल्ला सभाको सुर्यगढी गाउँपालिका वडा नम्बर - ३ वडा सभा गठन भएको छ । 
 09 जनवरी 2022 का दिन सुर्यगढी गाउँपालिका सभाको आयोजनमा  अध्यक्ष मधु तामाङको सभाध्यक्षता र संगठनका केन्द्रिय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा एकदिने मंगोलवाद सम्बन्धि प्रशिक्षण साथै उक्त वडासभा गठन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले महामानब ड. गोपाल गुरुङले सन्  1979 मा मंगोल र मूलबासी भन्ने शब्दको विस्फोट गरेको बताउँदै मंगोलवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै अब अस्तित्व नबेची सम्पुर्ण मूलवासी मंगोलहरुलाई  एमएनओ मै आवद्ध हुन पनि आह्वान गर्नुभयो । कार्यक्रममा विशेष अतिथी केन्द्रिय सर्वोच्च सभाको सदस्य सान बहादुर मेचेले कार्यक्रमलाई सम्बोधन गर्दै यो देशलाइ लागेको रोग बाहुनवाद भएको बताउनुभयो र अन्य अतिथिहरु केन्द्रिय सदस्य कासिमा तामाङ, बागमती प्रान्तीय सभाको सहसचिव कर्म तितुङ नुवाकोट जिल्ला सदस्यहरु दिपेश राईल, सुरेन्द्र तामाङ, काभ्रे जिल्ला सदस्य चन्द्र बहादुर तामाङले पनि मंगोल नेशनल अर्गनाइजेसनको बारेमा आ-आफ्ना मन्तव्य राखेका थिए ।
प्रशिक्षण पश्चात् विरेन्द्र तामाङको अध्यक्षतामा 15 सदस्यीय सुर्यगढी वडा नं ३ सभा गठन भएको थियो । उक्त नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सन्तोष तामाङले पद तथा गोपनियताको शपथ ग्रहण गराए ।कार्यक्रममा सुर्यगढी गाउँपालिकाको सदस्य तस्बिर तामाङले स्वागत मन्तव्य र जिल्ला अध्यक्ष प्रदीक्षा तामाङले संचालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्