बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा एमएनओको प्रशिक्षण कार्यक्रम सम्पन्न

Pradiksha Mongol | 19 मार्च 2020

नुवाकोटमा एमएनओको प्रशिक्षण कार्यक्रम सम्पन्न

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा एकदिने कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ ।

    18 मार्च 2020 को दिन जिल्ला सभाको अध्यक्ष चन्द्र लोप्चन तामाङको सभाध्यक्षतामा र संगठनको केन्द्रिय सर्वोच्च सभाको सदस्य अक्कल तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले संगठनको पृष्ठभुमिलाई केलाएर विगतमा एमएनओलाई विभिन्न आतंककारी दलहरुबाट संचालित छ भन्नको निम्ति गरेको विभिन्न षड्यन्त्रहरुको वैचारिक युद्धले सामना गर्दै जितेको र त्यसैगरि संगठनलाई ध्वस्त पार्न खोज्ने 80 प्रतिशत अहिन्दु मुलबासी मंगोलहरुको साझा शत्रु अति हिन्दुवादी र त्यसबाट संचालित अनेकन सडयन्त्रबाट संगठनलाई बचाएर यहाँसम्म ल्याँउदाको इतिहासलाई सबै नेता साथै कार्यकर्ताहरुले ध्यानमा राखेर संगठनलाई आँच आउने खालको कुनै गतिविधि वा षड्यन्त्र विरुद्ध सबैजना कटिबद्ध भएर संगठनको हितमा लाग्नुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

    यसैगरि कार्यक्रमको विशेष अतिथी संगठनको केन्द्रिय सर्वोच्च सभा सदस्य साथै आर्थिक सभाको सदस्य सान बहादुर मेचेले सबै कार्यकर्ताहरु जुझारु भएर लाग्न आह्वान गर्दै आज संगठनमा विभिन्न क्षेत्रमा ज्ञान भएको युवाहरुको आगमन प्रती खुशी हुँदै संगठनको बारेमा प्रशिक्षणात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

नुवाकोटमा एमएनओको प्रशिक्षण कार्यक्रम सम्पन्न

साथै विशेष अतिथी संगठनको केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन दोर्जे तामाङले मंगोल नेशनल अर्गनाइजेशनले नव उदारवादको विचारलाई अंगीकार गरेर लोकतान्त्रिक समाजवाद व्यवस्था चाहेको बताउनुभएको थियो । त्यसैगरी अतिथिहरु केन्द्रिय सभा सदस्य कासिमा तामाङ,केन्द्रिय वैकल्पिक सदस्य प्रेम बहादुर श्रेष्ठ त्यसैगरी बागमती प्रदेश सभाको सदस्यहरु पुष्पा तामाङ र कविन राणा मगर उपस्थित थियो भने कार्यक्रममा जिल्ला सभाको पदाधिकारीहरु र जिल्लाको मातहतमा रहेको विभिन्न सभाको कार्यकर्ताहरुको सहभागिता थियो भने कार्यक्रम जिल्ला सदस्य बुद्धिमान तामाङले स्वागत मन्तव्य राख्दै जिल्ला सचिब प्रदिक्षा तामाङले सञ्चालन गरेको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्