शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा तीन दिने बन्द प्रशिक्षण कार्यक्रम सम्पन्न

Lassim Hang Mongol | 18 डिसेम्बर 2018

नुवाकोटमा  तीन दिने बन्द प्रशिक्षण कार्यक्रम सम्पन्न

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा तीन दिने बन्द प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नुवाकोट जिल्लाको सदरमुकाम बिदुर स्थित रिसोन सभाहलमा जिल्ला सभा नुवकोटका अध्यक्ष चन्द्र लोप्चन तामाङको अध्यक्षतामा डिसेम्बर चौध तारिख देखी शुरूवात भएको बन्द प्रशिक्षण कार्यक्रम डिसेम्बर सत्र तारिख सम्म सन्चालन भएको हो । कार्यक्रमको प्रमुख अतिथी तथा मुख्य प्रशिक्षक संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय कार्यलय सचिब रिन्छेन दोर्जे तामाङ रहनु भएको थियो भने विशिषट अतिथिमा केन्द्रीय सदस्य कासिमा तामाङ, वैकल्पिक केन्द्रीय सदस्य प्रेम श्रेष्ठ त्यस्तै अतिथिहरूमा प्रदेशन नं.३ सभाका सदस्यहरू कर्म तामाङ, दिलमान तामाङ र पुष्पा तामाङ थिए ।
कार्यक्रममा तीन दिन सम्म जिल्ला, नगर, वडा र टोल सभाका सदस्यहरूको उल्लेखनिय सहभागीतामा सौहर्दपुर्ण बाताबरणमा सम्पन्न भएको थियो भने प्रमुख अतिथी तथा मुख्य प्रशिक्षक रिन्छेन दोर्जे तामाङले उपस्थित कार्यकर्ताहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास साथै उदघोष विषयमा प्रशिक्षित गराउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्