शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

प्रदिक्षा तामाङ | 27 जूलाई 2020

नुवाकोटमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटले एम एन ओ फाउन्डर प्रेसिडेन्ट युग पुरुष अमर ड गोपाल गुरुङ ज्युको ८५औं जन्मोत्सव जिल्लासभा अध्यक्ष चन्द्र लोप्चन तामाङको सभाध्यक्षता र संगठनको केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा विदुर स्थित जिल्लासभाको कार्यलयमा सम्पन्न गरिएको छ। उक्त सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले दुरदर्शी त्यागी युगपुरुष अमर ड गोपाल गुरुङ ज्युको अपुरा सपनाहरुलाइ साकार पार्न मुलबासी मंगोलहरु अग्रसर भैरहनुमा खुशी व्यक्त गर्दै अब अझै कटिबद्ध भएर लागिपर्न उपस्थित सम्पुर्णलाई आह्वान गर्नुभयो त्यसैगरी अन्य अतिथिहरु बागमती प्रदेशसभाका सदस्यहरु दिलमान तामाङ र पुष्पा तामाङले पनि उहाँको जन्म हुनु नै हाम्रो मुक्ती हो दासत्वको जन्जिर चुडाउनु हो भन्दै युग पुरुष अमर ड गोपाल गुरुङ ज्युको योगदान त्याग तपस्या र बलिदानलाइ स्मरण गर्नुभयो। त्यसै गरि जिल्ला सभाको सदस्यहरु मम्बिल तामाङ,दिपेश राई र पालिका अध्यक्षहरु सन्त बहादुर तामाङ र बिमान तामाङले पनि अब मंगोलहरु जग्नुपर्ने राजनितीक रुपमा चेतनशील बन्नुपर्ने अनि उहाँको महानता र पवित्र मंगोल दर्शनलाइ फिजाउँन फैलाउनको निम्ति र नुवाकोटलाई मंगोलमय बनाउनको निम्ति हरतरहको साथ र सहयोग दिने भनेर सामुहिक प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा विभिन्न पालिका सभा र वडा सभाको पदाधिकारीहरुको पनि उपस्थिति थियो । ड गोपाल गुरुङ ज्युको जन्म दिवसको सु-अवसरमा मंगोल भावनाहरु साटदै इच्छुक मंगोल महानुभावहरुलाइ मुलबासी मंगोलहरुको साझा संगठन एम एन ओ को साधारण सदस्य कार्डहरु वितरण गरिएको थियो। उहाँको भौतिक पार्थिव शरीर हामी माझ नरहेता पनि उहाँको युगान्तकारी,हितकारी र न्यायोचित दर्शन तपाईं हामीलाई छोडिनुभएको छ र उहाँको अमर दर्शन युग युग बाचिँरहने भन्दै जबसम्म उक्त दर्शन रहन्छ तबसम्म हामी मंगोलहरुले प्रत्येक जुलाइ 27 हर्ष उल्लासको साथ उहाँको जन्मोत्सव मनाइरहने सामुहिक रुपमा दृढ सड्ढल्प पनि गरेका छौ। उक्त जन्मोत्सव सभा कार्यक्रम जिल्लासभाका सदस्य उमा तामाङले स्वागत मन्तव्य राख्दै जिल्ला सभा सचीव प्रदिक्षा तामाङले संचालन गरेको थियो भने कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद तथा हार्दिकताको साथ आभार प्रकट गर्दै मुलबासी मंगोलहरुलाइ मुक्तिको यात्रामा सहयात्री बन्न प्रेरित गर्दै उक्त जन्मोत्सव सभाको सभाध्यक्ष तामाङले सभा विसर्जन गरिएको हो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्