mongolvision | 4 फेब्रुअरी 2022
झापा / मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगरसभाले ४ जनालाई नगर सदस्यमा नुयुक्त गरेको छ ।
४ फेब्रुअरी २०२२ तारिखका दिन बसेको मिटिङले रणमाया राई, कमला लिम्बू, रेनुका राना मगर र हरिमाया लिम्बूलाई नगर सदस्यमा नियुक्त गरेको नगर सभाका अध्यक्ष रावण मंगोलले बताउनुभयो । मिटिङका प्रमुख अतिथि एम. एन. ओ. केन्द्रिय सदस्य याम कुमारी लिम्बूले नवनियुक्त सदस्यहरुलाई खदा लगाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नुभएको थियो । विशिष्ट अतिथि एम. एन. ओ. १ नं. प्रान्तीय सभा सदस्य लासिमहाङ मंगोलले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी उक्त मिटिङमा विशिष्ट अतिथिमा जिल्ला सभा झापाका कोषाध्यक्ष वीरबल योङहाङ रहनुभएको थियो भने अतिथिहरुमा जिल्ला सदस्यहरु जयेन मगर, गुञ्ज राना मगर र सुभाष लिम्बू रहनुभएको थियो। आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै राखिएको उक्त मिटिङमा नगरसभाका सदस्य इश्वर मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगरसभाका सचिव रेवत मगरले मिटिङ सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology