शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नवलपुर जिल्ला सभाको पत्रकार सम्बेलन

mongolvision | 26 डिसेम्बर 2021

नवलपुर जिल्ला सभाको पत्रकार सम्बेलन


नवलपुर / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुरले  आफ्नो कार्यकर्ता माथी भएको साघातिक हमलाको बिषयमा जानकारी गराउने उदेश्यले  आइतबार पत्रकार सम्बेलन गरेको छ । नवलपुरको कावसोति नगर पालिका ९ को सितारा रेस्टुरेन्टको सभाहलमा संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको उपस्तिथिमा उक्त पत्रकार सम्बेलन गरेको जिल्ला अध्यक्ष जय बहादुर सारुले बताउनु भयो । उहाका अनुसार जिल्ला सभा नवलपुरले गत पौष ७ गते गैंडाकोट नगर पालिका १८ को बसाइनिमा मंगोल प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी भइ   फर्कन्ने क्रममा केही अराजक समुहले एम एनओका  नेता कार्यकर्तामाथी साघातिक हमला गर्न प्रयास गरेको र उनिहरु लाई सम्झाइ बुझाइ फर्काए पछि पुन सोही समुहले राती जिल्ला सदस्य कान्ता राना को घर तोडफोर गरि मंगोल शुभचिन्तन बिरेन्द्र थापा मगर लाइ कुटपिट गरि घाइते बनाएको थियो । घटना भएको भोलि पल्ट ८ गते जिल्ला सभा नवलपुर द्वारा जारी विज्ञप्ति जारी गर्दै घटनाको निन्दागर्दै दोषि उपर कडा कार्बाहिको माग गरेको बताउनु भयो । घटनामा सोही वडाका अध्यक्ष तिल बहादुर चितौरेको नेतृत्वमा एम एनओका नेता कार्यकर्ता माथी योजना बद्द रुपमा आक्रमण गरे प्रयास भएको विज्ञप्ति उल्लेख गरिएको छ ।
पत्रकार सम्बेलनमा पत्रकारहरु लाई संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर मगर र आयुस बिकले घटनाको बारेमा बताउनु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य कुमार गुरुङ , रुममाया चितौडे , गण्डकी प्रान्तीय सभा सदस्यदय ज्ञान बहादुर कुमाल , प्रेम सोमाइ , जिल्ला सभाका पदाधिकारिहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्