शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नवलपुरको कावासोतीमा एक दिने कार्यकर्ता प्रशिक्षण सम्पन्न

Mongol Vision News | 10 फेब्रुअरी 2020

नवलपुरको कावासोतीमा एक दिने कार्यकर्ता प्रशिक्षण सम्पन्न

नवलपुर / मंगोल नेशनल अर्गनाइजेशन नवलपुर जिल्ला सभाको आयोजनामा सोमबार एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    नवलपुरको कावासोती बजारमा रहेको जिल्ला सभाको कार्यलयमा संगठनका केन्द्रीय मुल सचिव थमन बुढा मगरले जिल्लाका नेता कार्यकर्ताहरुलाई सांगठानिक बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणकै क्रममा उहाँले संगठनको कामलाई पहिलो प्रथामिकता दिएर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य कुमार गुरुङले पनि मन्तव्य राख्नु भएको थियो । नवलपुर जिल्ला सभाका अध्यक्ष जय बहादुर सारु मगरको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरु आयुस मंगोल , रुममाया चितौडे, गण्डकी प्रदेश सभा सचिव कुल बहादुर शिरीष, सदस्यहरु प्रेम सोमै, दूध बहादुर आले, ज्ञान बहादुर कुमाल लगायतको पनि उपस्थित रहेको थियो । कार्यक्रम जिल्ला सचिव धनसिह थापा मगरले सचालन गरेका थए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्