शनिबार 21 फेब्रुअरी 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नवलपुरमा एक दिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न।

मंगोल भिजन पत्रिका | 16 अक्टोबर 2025

नवलपुरमा एक दिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न।

नवलपुरमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न।

 

नवलपुर/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुरद्वारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रम तथा पदपूर्ति कार्यक्रम भू.पू. सैनिक तमसपुर, नवलपुरमा सम्पन्न भएको छ।

 

 बुधबार असोज २९ गते मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुरका कार्यबाहक अध्यक्ष लाल ब. गुरुङको सभाध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य तथा प्रशिक्षण विभागका संयोजक प्रविना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

कार्यक्रमका विशिष्ट अतिथिहरूमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य विकेन वान्तवा राई र कल्पना चौधरी रहनु भएको थियो। साथै, अतिथिहरूमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका अध्यक्ष प्रेमबहादुर थापा, सचिव नवीन घले, कोषाध्यक्ष सुस्मा आले, जिल्ला सभा स्याङ्जाका सचिव यम ब. गुरुङ, जिल्ला सभा तनहुँका सदस्य भिम ब. आले र स्याङ्जा जिल्ला सभाका सदस्य यम ब. गुरुङ पनि सहभागी हुनु भएको थियो।

 

कार्यक्रमको क्रममा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन विभिन्न विषयमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिएका थिए। कार्यक्रममा अन्त्यमा राजु गुरुङलाई मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुरको अध्यक्षमा नियुक्त गरिएको घोषणा गरिएको थियो।

 

कार्यक्रमको सुरुवातमा जिल्ला सभा नवलपुरका प्रचार–प्रसार सचिव लाल ब. थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने, सम्पूर्ण कार्यक्रमको सञ्चालन जिल्ला सभा नवलपुरका सचिव राजु गुरुङले गर्नुभएको थियो।

 

यस प्रशिक्षण कार्यक्रमले संगठनभित्र अनुशासन, नेतृत्व क्षमता र संगठनात्मक एकताको सन्देश फैलाएको आयोजकहरूले बताएका छन्।

नवलपुरमा एक दिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्