Sanjuhang Mongol | 27 अप्रिल 2019
नवलपुर/ मंगोल नेशनल अर्गनाइजेशन नवलपुर जिल्ला सभाको आयोजनामा एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 27 अप्रीलका दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुरको आयोजनमा देवचुली नगरपालिका स्थित सहारा प्यालेसमा एकदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको हो । कार्यक्रममा नवलपुर जिल्ला सभा अध्यक्ष जय बहादुर सारु मगरको अध्यक्षतामा संगठनको केन्द्रीय मूल सचिव थम्मन बुढामगर प्रमुख आतिथ्यता साथै प्रमुख प्रशिक्षक रहनु भएको थियो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य कुमार गुरुङ र अतिथिहरुमा आयुष मंगोल, रुममाया चितौरे, गन्डकी प्रदेश सहसचिव कुल बहादुर श्रीष रहनु भएको थियो । कार्यक्रममा संगठनको विकास र संगठनलाई तिव्र गतिमा विस्तारका लागि सम्पुर्ण कार्यकर्ताले इमान्दारी, लगनशिल र धर्य भएर अघि बढ्नु पर्ने कुरा प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक बुढामगर बताउनु भयो ।
प्रशिक्षणकै क्रममा कुनैपनी देशको मूलवासी जबसम्म जागरुक बन्दैनन तबसम्म त्यस देशको मुहार नफेरिने भएकोले हामी ८०% अहिन्दू मूलवासि मंगोलहरु एकढिक्का भई यो देशको मुहार फेर्न अघि बढ्नु पर्ने कुरामा पनि उहाँले जोडदिनु भयो । संगठनलाई हिजो जस्तो सुस्त गतिमा नभई अबका दिनहरुमा सम्पुर्ण कार्यकर्ताहरुले संगठन विस्तारमा अहोरात्र खट्नु पर्ने अनि मात्र हामी हाम्रो अस्तित्व प्राप्तिको लडाईमा लक्ष्यमा पुगिने र यहीँ हाम्रो कर्तव्य रहेको कुरा बताउनु भयो । मन्तव्यकै क्रममा केन्द्रीय सदस्य कुमार गुरुङ, आयुष मंगोल, रुममाया चितौरे गण्डकी प्रदेश सहसचिव कुल बहादुर श्रीष मगरले ले पनि मन्तव्य राख्नु भएको थियो भने गण्डकी प्रदेश सभा सदस्य ज्ञान बहादुर कुमालले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी नवलपुर जिल्ला सचिव धन सिंह थापा मगरले कार्यक्रम सन्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology