बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नवलपरासीमा वडा सभा गठन

Mongol Vision News | 2 मार्च 2020

नवलपरासीमा वडा सभा गठन

नवलपरासी/ मंगोल नेशनल अर्गनाइजेशन सुनवल नगरपालिका वार्ड नं.४ बिहारीमा एक दिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन भएको छ ।

    २९ फेब्रुअरी का दिन एमएनओ सुनवल वडा नम्बर ४ का अध्यक्ष खड्क सिंह सिंजालीको अध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य शिव बहादुर गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । त्यसैगरी कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र कुमारी गुरुङको विशिष्ट आतिथ्यता रहेको थियो । एमएनओ ५ नम्बर प्रदेश सभाका सदस्य वीर बहादुर गुरुङले आफ्नो भनाई राख्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी शिव बहादुर गुरुङले मानव उत्पति लगायत एमएनओको ईतिहासबारे बताउनु हुँदै उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

    उक्त प्रशिक्षण कार्यक्रमको बीच खड्क सिंह सिंजालीको अध्यक्षतामा ११ सदस्यीय सुनवल नगरपालिका वार्ड नं. ४ वडा सभा गठन भएको थियो । जसको सचिवमा लालिसरा दर्लामी, कोषाध्यक्ष यमन सिंह घर्ती मगर, सहसचिव सन्त बहादुर हिस्की चयन भएका छन त्यस्तै अन्य सदस्यहरुमा पेमा गाहा, पुर्ण बहादुर हिस्की, लेख बहादुर खाम्चा, कृष्ण बहादुर राना र सल्लाहकारहरुमा बुद्ध बहादुर दर्लामी र रुद्र बाकावल छन । नवगठित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी शिव बहादुर गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा एमएनओ रुपन्देही जिल्ला सदस्य हुमा गुरुङ, एमएनओ देवदह नगरपालिका वडा नं. ८ का अध्यक्ष कमला नेपाली, वडा नं.१२ का सचिव डम्बर राना लगायतको सहभागीता रहेको थियो । रुपन्देही जिल्ला सभाका अध्यक्ष खड्क मास्कीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने रुपन्देही जिल्ला सदस्यीय कुलविर घर्तीको स्वागत मन्तव्य रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्