बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा एम. एन. ओ.

mongolvision | 8 मार्च 2022

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा एम. एन. ओ.


ओखलढुंगा / ओखलढुंगा जिल्ला अन्तर्गत पर्ने चम्पादेवी गाउँपालिकाको वडा नं. ७ मा एम. एन. ओ. को वडा सभा गठन भएको छ । 

८ मार्च मंगलबारका दिन स्थानीय मंगोल समर्थक  बम बहादुर तामाङको सभाअध्यक्षतामा एवं  एवं बजेन्द्र अम्बुलेको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रम विच उक्त वडा सभा गठन भएको हो । कार्यक्रममा बिशिष्ट अतिथि मानेभन्ज्याङ गाउँसभा अध्यक्ष बिर्ज बहादुर थापा मगर र लिखु गाउँसभा अध्यक्ष दावा शेर्पा रहनुभएको थियो । त्यसैगरी अतिथिमा प्रवास सभा भारतका पूर्वअध्यक्ष  मिता मोक्तान रहनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अम्बुलेले अबको समय मूलबासी मंगोलहरुको हक, अधिकार र अस्तित्व प्राप्तिसंगै मुलुकको दिगो विकास र प्रगतिको निमित्त भाले चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो । कार्यक्रमकै बिच बम बहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय एम. एन. ओ. चम्पादेवी-७ वडा सभा गठन भएको छ । उक्त कार्यक्रममा बिष्णु तामाङले स्वागत मन्तव्य राखेका थिए भने सुनकोशी गाउँसभा अध्यक्ष गंगा तामाडंले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्