शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ओखलढुंगाको खिजिदेम्बा 2 मा प्रशिक्षण सम्पन्न

Mongol Vision | 19 नोभेम्बर 2020

ओखलढुंगाको खिजिदेम्बा 2 मा प्रशिक्षण सम्पन्न

ओखलढुंगा/2020/11/19 का दिन मंगोल नेशनल अर्गनाईजेशन अोखलढुंगा जिल्ला सभाको अायोजनामा खिजीदेम्बा गाउपालिका वडा नं 2 लाम्जे बौद्धमा एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
             स्थानिय समाजसेवि लामा नाम्खा शेर्पा को सभाध्यक्षतामा र केन्द्रीय सभा सचिव सन्तोष तामाङको प्रमुख अाथित्यतामा र अोखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र राईको विशेष अाथित्यतामा सम्पन्न भएको कार्यक्रमले अाङ पासाङ शेर्पाको अध्यक्षतामा 15 सदस्यीय खिजीदेम्बा गाउपालिका 2 नं वडा सभा गठन भएको छ। जसको सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमश: युवराज तामाङ, डोमा शेर्पा, वीर बा.तामाङ, कुसाङ शेर्पा रहेछन् भने सदस्यहरूमा नाम्खा शेर्पा, अाङकाजी शेर्पा, सर्चमान तामाङ, वाङछे शेर्पा, नुर्बु शेर्पा, गेल्बु शेर्पा, याङडा शेर्पा,  नीर माया तामाङ, ईन्द्र बा. तामाङ र पसि शेर्पा रहेका छन।
         प्रमुख अथिती तामाङले दिनु भएको प्रशिक्षण कार्यक्रममा  विशेष अथिती अोखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र अम्बुले राई,  मानेभञ्ज्याङ गाउपालिका वडा नं 4 सभाका अध्यक्ष विशाल थापा मगर, खिजीदेम्बा गाऊपालिका वडा नं. 6 का अध्यक्ष हेेमन्त सुनुवारले मन्तब्य  राखेका  थिए।  कार्यक्रममा नवगठित खिजीदेम्बा गाऊपालिका 2 नं वडासभाका पदाधिकारीहरूलाई  प्रमुख अथितीले खदा लगाई शुभकामनाका साथ पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन। सर्चमान तामाङले स्वागत गरेका कार्यक्रमको संचालन युवराज तामाङले गरेका थिए।

ओखलढुंगाको खिजिदेम्बा 2 मा प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्