Mongol Vision | 19 नोभेम्बर 2020
ओखलढुंगा/ मंगोल नेशनल अर्गनाईजेशन अोखलढुंगा जिल्ला सभाको अायोजनामा खिजीदेम्बा गाउपालिका वडा नं 2 रगनीमा एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
स्थानिय समाजसेवि तथा मंगोलप्रेमी सर्चमान तामाङको सभाध्यक्षतामा र केन्द्रीय सभा सचिव सन्तोष तामाङको प्रमुख अाथित्यतामा र अोखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र राईको विशेष अाथित्यतामा सम्पन्न भएको कार्यक्रमले अम्बर बा. तामाङको अध्यक्षतामा 17 सदस्यीय खिजीदेम्बा गाउपालिका 2 नं वडा नस्बु टोलसभा गठन भएको छ। जसको सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमश: फुलमान तामाङ, सन्च माया तामाङ, नलिना तामाङ रहेछन् भने सदस्यहरूमा राजु तामाङ, सन्त बा. तामाङ, सोनाम तामाङ, सुकबिर तामाङ, उर माया तामाङ, ईन्द्र माया तामाङ, युग बा. तामाङ, अभिराज तामाङ, खिलाराज तामाङ, धन बा. तामाङ, वीर बा. तामाङ, बिरमान तामाङ, ईन्द्र बा. तामाङ रहेका छन।
प्रमुख अथिती तामाङले दिनु भएको प्रशिक्षण कार्यक्रममा विशेष अथिती अोखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र अम्बुले राई, मानेभञ्ज्याङ गाउपालिका वडा नं 4 सभाका अध्यक्ष विशाल थापा मगर, मानेभञ्ज्याङ गाऊपालिका वडा नं. 5 का अध्यक्ष मनिता राईले मन्तब्य राखेका थिए। कार्यक्रममा नवगठित खिजीदेम्बा गाऊपालिका वडा नं 2 नस्बु टोलसभाका पदाधिकारीहरूलाई प्रमुख अथितीले खदा लगाई शुभकामनाका साथ पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन। स्थानिय वीर बा. तामाङले स्वागत गरेका कार्यक्रमको संचालन युवराज तामाङले गरेका थिए।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology