बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ओखलढुंगाको लिखुमा प्रशिक्षण सप्पन्न

Mongol Vision | 21 नोभेम्बर 2020

ओखलढुंगाको लिखुमा प्रशिक्षण सप्पन्न

ओखलढुंगा/2020/11/20 का दिन मंगोल नेशनल अर्गनाईजेशन अोखलढुंगा जिल्ला सभाको गाँउगाँउ जाँऊ, मुलबासी मंगोल जगाँउ, अस्तित्व बचाँउ भन्ने रास्ट्रिय अभियान अन्तर्गत लिखु गाउपालिका 9 नं वडासभाको अायोजनामा पोकलीमा एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
            लिखु गाँउपालिका 9 नं वडासभाका अध्यक्ष सुर्य बा. तामाङको सभाध्यक्षतामा र केन्द्रीय सभा सचिव सन्तोष तामाङको प्रमुख अाथित्यतामा र अोखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र राईको विशेष अाथित्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा मानेभञ्ज्याङ गाँउपालिका वडा नं 4 का अध्यक्ष विशाल थापा मगर, खिजीदेम्बा गाँउपालिका वडा नं 6 का अध्यक्ष हेमन्त सुनुवारले समेत मन्तव्य राखेका थिए। कार्यक्रम वडा सभाका सचिव गोर्मान तामाङले संचालन गरेका ।
                            त्यसै गरि सोही दिन सोही वडामा दोल्दु टोल सभा गठन गरेको छ। तामाङ र शेर्पा समुदायको बाहुल्य रहेको सो टोलमा दावा शेर्पाको सभाध्यक्षतामा सम्पन्न भएको प्रमुख अथिती केन्द्रीय सभाका सचिव सन्तोस तामाङ र अोखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र राईले दिएको संयुक्त प्रशिक्षणबाट पाल्जाङ शेर्पाको अध्यक्षतामा 13 सदस्यीय दोल्दु टोल सभा गठन भएको छ। जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश: दावा शेर्पा, पसी शेर्पा, गोम्बु शेर्पा रहेका छन भने सदस्यहरूमा धुर्ब बा. तामाङ, गेल्जे शेर्पा, दावा जंबु शेर्पा, सर्की शेर्पा, फुुर्वा शेर्पा, वाङ्छे शेर्पा, शेर बा. सुनुवार, सुम्बा शेर्पा र तेन्जी शेर्पा रहेका छन। कार्यक्रममा नवगठित दोल्दु टोलसभाका पदाधिकारीहरूलाई  अोखलढुंगा जिल्ला सभाका अध्यक्ष बजेन्द्र राईले खदा लगाई शुभकामनाका साथ पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन। पाल्जाङ शेर्पाले स्वागत गरेको कार्यक्रमको संचालन खिजीदेम्बा गाउपालिका 2 नं वडा सभाका सचिव युवराज तामाङले गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्