बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ओखलढुंगाको मानेभ्याज्याङमा एम एनओको प्रशिक्षण

mongolvision | 28 अक्टोबर 2021

ओखलढुंगाको मानेभ्याज्याङमा एम एनओको प्रशिक्षण


ओखलढुंगा / ओखलढुंगाको मानेभञ्ज्याङ गाउँ पालिकामा मंगोल नेशनल अर्गनाइजेशनले एक दिने मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम साथै वाड सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।
मानेभञ्ज्याङ गाउँ सभा को सक्रियतामा कात्तिक १० गते उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  मानेभञ्ज्याङ वडा नं ९ को  सिम्पानीमा  भिम बहादुर थापा मगर को अध्यक्षता र  मानेभन्ज्याडंग गाऊ सभाअध्यक्ष बिर्ज बहादुर  थापा मगर(बिसाल ) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम लाई प्रमुख अतिथि मगरले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले एम एनओका संस्थापक युग पुरुष डा गोपाल गुरुङले प्रतिपादन गर्नु भएको मंगोल दर्शन बारेमा सहभागीहरु लाई प्रष्ट पार्नु भयो । यसै अब हुने चुनावमा एम एनओ लाई आफ्नो अमुल्य मत दिन समेत सबै लाई अनुरोध गर्नु भयो । 
कार्यक्रममा  खोक बहादुर आले मगर ले  पनि मन्तव्य राख्नु भएको थियो । राम बहादुर बराल मगरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम  दिल बहादुर थापा मगरले संचालन गरेका थिए ।
यसै बीच भिम बहादुर थापाको अध्यक्षता मा १३ सदस्यीय तदर्थ वाड न ९ सभा गठन गरिएको छ । तदर्थ वाड सभाको सचीव , कोषाध्यक्ष , सह सचिव र प्रचार सचिबमा क्रमश नंया कुमारी मगर ,थली माया मगर ,काशिराज आले र पदम बहादुर बि क रहनु भएको छ भने सदस्यहरुमा झगर थापा, कलिमाया थापा, मनमाया थापा, पेचीमाया थापा, अनिमाया थापा ,नैनमाया मगर ,टिकामाया मगर र राम बहादुर बराल मगर रहेका छन । तदर्थ वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि बिर्ज बहादुर थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्