मङ्गलबार 21 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ओखलढुंगामा एम.एन.ओको प्रशिक्षण सम्पन्न

Mongol Vision | 16 नोभेम्बर 2020

ओखलढुंगामा एम.एन.ओको प्रशिक्षण सम्पन्न

ओखलढुंगा" मंगोल नेशनल अर्गनाईजेशन अोखलढुंगा जिल्ला सभाको अायोजनामा खिजीदेम्बा गाउपालिका वडा नं 6 बन्सेमा एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
    स्थानिय समाजसेवि महेन्द्रमान तामाङको सभाध्यक्षतामा र केन्द्रीय सभा सचिव सन्तोष तामाङको प्रमुख अाथित्यतामा सम्पन्न भएको कार्यक्रमले हेमन्त सुनुवारको अध्यक्षतामा 21 सदस्यीय खिजीदेम्बा गाउपालिका 6 नं वडा सभा गठन भएको छ। जसको सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमश: भरत तामाङ, भारती तामाङ, फुरी शेर्पा रहेछन् भने सदस्यहरूमा धनवीर तामाङ, डिल्लीशेर तामाङ, प्रेम कुमारी तामाङ, धन थिङ तामाङ, हेम बा. तामाङ, निमा शेर्पा, हेम बा. घिसिङ, मान बा. बि.क, गणेश बा. तामाङ, शेर बा. तामाङ,  सन्तवीर तामाङ, लोक बा. तामाङ, ईन्द्र बा. जिम्बा, महेन्द्रमान जिम्बा, धनवीर पाख्रिन, पासाङ तामाङ र कर्साङ तामाङ रहेका छन।
         प्रमुख अथिती तामाङले दिनु भएको प्रशिक्षण कार्यक्रममा अथितीहरू अोखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र अम्बुले राई, जिल्ला कोषाध्यक्ष कानुरी शेर्पा, झापा मेचीनगर सभा सदस्य सोमविर तामाङ, वडा अध्यक्ष छत्र बा. लामा लगायतले मन्तब्य  राखेका  थिए।  कार्यक्रममा नवगठित खिजीदेम्बा गाऊपालिका वडा नं 6 का पदाधिकारीहरूलाई  प्रमुख अथितीले खदा लगाई शुभकामनाका साथ पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन। मानेभञ्ज्याङ गाउपालिका वडा नं 4 सभाका अध्यक्ष विशाल थापा मगरले स्वागत गरेका कार्यक्रमको सञ्चालन मानेभञ्ज्याङ गाऊपालिका 5 नं वडा सभाका अध्यक्ष मनिता राईले गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्