मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ओखलढुंगामा एम एनओको प्रशिक्षण

mongol vision | 21 मार्च 2021

ओखलढुंगामा एम एनओको प्रशिक्षण

ओखलढुंगा/ मंगोल नेशनल अर्गनाईजेशन सुनकोशी गाऊपालिका वडा नम्बर ९ को आयोजनामा ककनीको चम्पादेवी आधारभुत विद्यालयको प्रांगणमा एक दिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा सभाको अध्यक्ष पेम्बा तामाङको सभाध्यक्षता र संगठनका केन्द्रीय सचिव सन्तोष तामाङको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अथिती तथा केन्द्रीय सदस्य प्रविना थापा मगरले लिखित रूपमा मानव उत्पति, आदिबासी जनजाती र एम एनओको बिषयमा प्रशिक्षण प्रदान गर्नुभयो । कार्यक्रममा प्रमुख अथिती तामाङले नेपालमा हालसम्म विकास नहुनु, यहाँका मुलबासी मंगोलहरू संवैधानिक रूपमा नै बिभेदको शिकार हुनु भनेको हिन्दुबाद र बाहुनबाद कारक रहेको प्रष्ट पार्दै आगामी दिनमा अस्तित्व र अधिकार सम्पन्न भएर अघि बढ्नको निम्ति मंगोल नेशनल अर्गनाईजेशनमा आबद्ध हुन आह्वान गर्नुभएको छ । कार्यक्रममा ओखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र वाम्बुले राई र मानेभञ्ज्याङ गाउँ सभाका अध्यक्ष विशाल थापा मगरले शुभकामना मन्तव्य राखेका थिए ।

ओखलढुंगामा एम एनओको प्रशिक्षण

कार्यक्रममा पासाङ तामाङ र अरूण तामाङले गित प्रस्तुत गरेका थिए भने मंगोल चेलीहरूको नृत्य समेत रहेको थियो । कार्यक्रमकै अवशरमा १० जनाले विभिन्न पाटि परित्याग गरि एम एनओको साधरण सदस्य लिएर वडा सभाका सदस्य बनेका छन् भने नयाँ सदस्यहरूलाई प्रमुख अथिती तामाङले पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका थिए । स्थानियहरूको बाक्लो उपस्थिती रहेको कार्यक्रममा अन्य गाउपालिका र वडाका पदाधिकारीहरूको पनि अथितीको रूपमा उपस्थिती रहेको थियो । वडा सभाका सचिव जित बहादुर तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सागर उपकारले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्