बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

१३ औं झापा जिल्ला अधिबेशनको प्रचार प्रसार तीब्र

Mongol Vision News | 20 मार्च 2019

१३ औं झापा  जिल्ला अधिबेशनको प्रचार प्रसार तीब्र

झापा/ मंगोल नेसनल अर्गनाइजेसन झापा जिल्ला सभाले आफ्नो १३ औं जिल्ला अधिबेशनको तयारी तीब्र पार्दै कार्यक्रमको तयारी गरिरहेको छ ।

                                अधिबेशनको मिति नजिकिदै गर्दा जिल्ला सभाले अधिबेशनको तयारी दुर्त गतिमा अगाडी बढाइ रहेको १३ औं झापा जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक रुद्र राइले बताए । उनका अनुसार अहिले अधिबेशन प्रचार प्रसार सगै गाउँ गाउमा प्रचा बितरण , पोष्टरिङ तथा सहयोग संकलन कार्य भइरहेको छ । जिल्ला सभाको अधिबेशन लाई भब्य र सभ्य पार्नको लागि मेची नगर सभाले मेची नगरमा कार्यक्रमको प्रचार प्रसार तीब्र रुपमा अगाडी बढाइ रहेको छ । नगर सभाका अध्यक्ष सागर दर्जी मंगोलको नेतृत्वमा नगर सभाले मेची नगरको विभिन्न वाडहरुको गाउँ गाउमा प्रचार प्रचार सगै आर्थिक सहयोग संकलन गरि रहेको नगर सभा अध्यक्ष सागर दर्जीले बताए । त्यसै भद्रपुर नगर सभाले पनि अधिबेशनको प्रचार प्रसार गरिरहेको छ भने बुद्ध शान्ति गाउँ सभा , बिर्तामोड नगर सभा मा पनि अधिबेशन को प्रचार प्रसार भइरहेको छ ।

१३ औं झापा  जिल्ला अधिबेशनको प्रचार प्रसार तीब्र

यहि महिनाको २१, २२ र २३ गते झापाको झिल्लीलेमा हुन लागीरहेको १३ औ जिल्ला अधिबेशन कार्यक्रमको २१ र २२ गते क्रमश उदघाटन र बन्द सभा हिनेछ भने २३ गते बृहत र्याली सहित बिशाल मंगोल घोषण सभा हुनेछ । अधिबेशनको खुल्ला सभालाइ संगठनका केन्द्रीय , प्रान्तीय सभा तथा विभिन्न जिल्ला सभाका नेताहरुले सम्बोधन गर्नु हुनेछ । खुल्ला सभा कार्यक्रम झिल्लीले स्थित गणेशमान प्रतिष्ठानको मैदानमा हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्