बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

२५औं विश्व मूलवासी दिवस एमएनओ झापाले पुर्व पश्चिम् मोटरसाइकल र्याली गरी मनायो

Mongol Vision News | 9 अगस्ट 2019

२५औं विश्व मूलवासी दिवस एमएनओ झापाले पुर्व पश्चिम् मोटरसाइकल र्याली गरी मनायो

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले पुर्व काकडभिट्टा हुँदै पश्चिम् दमकसम्म मोटरसाइकल र्याली सहित ठाउँ-ठाउँमा कोणसभा गरि २५औं विश्व मूलवासी दिवस विश्वमनाएको छ । 09 अगष्ट शुक्रवारका दिन विश्व मूलवासी दिवसको अवसरमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले मूलवासिहरुको हकहित र अधिकार सुनिश्चितताको लागि झापाको पुर्वी सिमाना काकडभिट्टा हुँदै पश्चिम् सिमाना दमकसम्म मोटरसाइकल र्याली गरि २५औं विश्व मूलवासी दिवस मनाएको छ । झापाको दमकबाट कोणसभा शुरु भएको थियो । दमक स्थित कोणसभामा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचेले सम्बोधन गर्नु भएको थियो । यसैगरी र्याली पुनः झापाको कमलगाउँपालिका स्थित केरखा स्थित कोणसभामा परिणत भएको थियो । केरखामा भने संगठनका केन्द्रीय प्रवक्ता दिलिप धिमालले उक्त कोणसभालाई सम्बोधन गर्नु भयो । सम्बोधनकै क्रममा धिमालले २१औं शाब्दिका अहिन्दू मूलवासी मंगोलहरु पहिलेको जस्तो चेतना विहिन नरहेकोले अब भने विदेशी शरणार्थी बाहुन क्षेत्रीले जे-जे भन्यो त्यो नमान्ने बताउनु भयो । र्यालिमा झापाको मेचिनगर सभा, भद्रपुर नगर सभा, बुद्धशान्ती गाउँ सभा, कमल गाउँ सभा लगायत इलामको चुलाचुली नगरसभाका अहिन्दू मूलवासी मंगोलहरुको व्यापक रुपमा उपस्थित रहेको थियो । र्यालि बिर्तामोड हुँदै पुर्वी सिमाना काकडभिट्टा पुगेर कार्यक्रम विसर्जन भएको थियो । विर्तामोडमा एक नम्बर प्रदेशा सभा सदस्य देवनारायण धिमालले सम्बोधन गर्नु भएको थियो ।

२५औं विश्व मूलवासी दिवस एमएनओ झापाले पुर्व पश्चिम् मोटरसाइकल र्याली गरी मनायो

मंगोल नेशनल अर्गनाइजेशन मात्र नेपालमा मूलवासि मंगोलहरुको हकहित र अस्तित्वको निमित्त जेल भित्र स्थापना भएको संगठन भएको संगठनका केन्द्रीय सचिव सन्तोष तामाङले काकडभिट्टा स्थित कोणसभामा बताउनु भयो । कोणसभामा सम्बोधन गर्ने क्रममा उहाँले विश्वमा मूलवासी दिवस मनाई रहँदा नेपालमा भने आदिवासी जनजाती दिवस मनाउनु मुर्खता रहेको बताउनु भयो । देशमा समानता, भातृत्व, स्वतन्त्रता र मानवअधिकार सुनिस्चितता संगै देशको दिगो विकासका लागि मंगोल नेशनल अर्गनाइजेशनको विकल्प नरहेको कुरा झापा जिल्ला सभाका अध्यक्ष लासिम हाङ मंगोलले बताउनु हुँदै उक्त मोटरसाइकल र्याली कार्यक्रमलाई समापन भएको घोषणाँ गर्नु भयो भने मेचिनगर नगर सभाका अध्यक्ष सागर दर्जी मंगोलले कोणसभा सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्