शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

२५औं विश्व मूलवासी दिवस संगै पथरी शनिश्चरे नगर अधिवेशन सम्पन्न

Mongol Vision News | 9 अगस्ट 2019

२५औं विश्व मूलवासी दिवस संगै पथरी शनिश्चरे नगर अधिवेशन सम्पन्न

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको पथरी शनिश्चरे नगर अधिवेशन २५औं विश्व मूलवासी दिवसको अवसरमा बृहत रूपमा सम्पन्न भएको छ । पथरी बजारस्थित तमु बौद्ध गुम्बाको खुल्ला प्राङ्गणमा विभिन्न कार्यक्रमबीच सम्पन्न भएको उक्त कार्यक्रम पथरी बजारभर हजारौं मूलवासी मंगोलहरुले नारा जुलुसका साथ र्याली गरी परिक्रमा गरेका थिए । विश्व मूलवासी दिवसको अवसर पारेर सम्पन्न भएको उक्त पथरी शनिश्चरे नगर सभाको प्रथम नगर अधिवेशन डम्बर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अथिती केन्द्रिय सर्वोच्च सभाका सदस्य श्याम बहादुर लिम्बु, विशिष्ट अथितीद्वय सुरज फोम्बो र राजकुमार गुरुङ रहनु भएको थियो । २५औं विश्व मूलवासी दिवस तथा प्रथम पथरी शनिश्चरे नगर अधिवेशनमा प्रमुख अथिती लिम्बुले यो देशको मूलवासी मंगोल समुदायलाई विदेशी हिन्दु आर्य बाहुनक्षेत्रीहरुले हरतवरले थिचोमिचोमा पारी आफुहरु सम्पन्न बन्ने बाटो मात्र सुरक्षीत राखेकोले र त्यो अभियानमा अनुहार मिल्ने हाम्रै दाजुभाइहरुले साथ दिँदै आएकोले अब यो २१औं शताब्दीमा यस्तो अवैज्ञानिक ब्यवहार वैचारिक क्रान्तिबाट सदा-सदालाई तोडिनु पर्ने बिचार राखेका थिए । विशिष्ट अतिथी सुरज फोम्बो लिम्बुले २५औं विश्व मूलवासी दिवसको अवसरमा नवनिर्वाचित पथरी शनिश्चरे नगर सभाका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै सानोतिनो प्रलोभनमा नपरी निडर बनि यो मुलुकको मालिक बन्ने अभियानमा नहच्की अघि बढ्न निर्देशन दिनु भएको थियो ।

२५औं विश्व मूलवासी दिवस संगै पथरी शनिश्चरे नगर अधिवेशन सम्पन्न

कार्यक्रममा प्रदेश न १ का अध्यक्ष भाष्कर चाम्लिङ, मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवा राई, सुनसरी जिल्लासभाका अध्यक्ष ओम प्रकाश गुरुङ, सुन्दर हरैचा नगर अध्यक्ष कृष्ण देव राई, मिक्लाजुङ तदर्थ गाउँसभा अध्यक्ष अभिनास राई, प्रवास सभा भारत मेघालयबाट मिता मोक्तान आदिले आ-आफ्नो शुभकामना मन्त्यव्य राखेका थिए । विभिन्न साँस्कृतिक कार्यक्रमबिच सम्पन्न उक्त कार्यक्रममा मंगोल चेली श्रीया तमुस्योले भावुक तथा मार्मिक मंगोल कविता प्रस्तुत गर्नु भएको थियो भने रमा विक ले गित प्रस्तुत गर्नुभएको थियो । यस्तै विभिन्न मंगोल गीतमा स्थानीय कलाकारहरुले नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए । धनराज लिम्बुको स्वागत मन्त्यव्य रहेको उक्त बृहत कार्यक्रम सृजना तमुले संचालन गरेकी थिइन । २५औं विश्व मूलवासी दिवसको अवसर पारेर सम्पन्न प्रथम पथरी शनिश्चरे अधिवेशनको बन्दसत्रले टेक बहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय पथरी शनिश्चरे नगर सभा चयन गरेको छ । अध्यक्ष -टेकबहादुर मगर, सचिव -बिक्रम फेम्बु, कोषाध्यक्ष -अनिता घिसिङ तामाङ, स- सचिव -गणेश प्रसाद घले सदस्यहरु: विमल राइ, राजेश चौधरी, पासाङ लामा, चन्द्रकला राइ, शान्ता राइ, गणेश लिम्बु, मन प्रसाद लिम्बु, सन्देश कन्दङवा र प्रमुख सल्लाहकार = डम्बर तामाङ, इन्द्रबहादुर तामाङ रहनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्