शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाेखरामा लखन थापा मगरकाे शालिक मा अपमान गरिएकाे भन्दै एम.एन.अाे ले बिराेध गर्याे ।

Lassim Hang Mongol | 11 जनवरी 2019

पाेखरामा लखन थापा मगरकाे शालिक मा अपमान गरिएकाे भन्दै एम.एन.अाे ले  बिराेध गर्याे ।

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा कास्कीले मिति २०७५ पौष २७ गतेका दिन पोखरा महानगर पालिकाको शहिद क्या.लखन थापा चौक स्थित रहेको राष्ट्रीय विभुती प्रथम शहिद क्या.लखन थापा मगरको प्रतिमुर्तिलाई अनादर गर्दै पृथ्वीनारायण शाहाको तस्वीर टाँगि राष्ट्रीय विभुतिको अपमान गरिएकोले विरोध जनाउँदै प्रेस विग्यप्ती गरेको छ ।
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा कास्कीको लेटर प्याडमा उल्लेखित सो प्रेस विग्यप्ती जिल्ला सभा अध्यक्ष रियाज गुरुङको हस्ताक्षरमा जारी गरिएको छ । निरंकुश जंहानिय राणा शासनको विरूद्धमा लोकतन्त्रको आवाज उठाउने क्रममा राणा शासकबाट शहिद क्या.लखन थापा मगरको हत्या गरिएको थियो । आज मुलुक लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढिरहेको बेला एकताको प्रतिक भन्दै साम्राज्यवादी हत्यारा पृथ्वीनारायण शाहलाई राष्ट्र पिताको प्रतिक मनाउनु र यस प्रकारको अराजक गतिविधि माथी राज्यले संरक्षण गर्नु लोकतन्त्रको अस्तित्व माथी आँच आउने भएकोले जिल्ला सभा कास्कीले घोर भर्त्सना गरेको छ । साथै शहिद क्या.लखन थापा मगरको जिर्ण शालिक पुनःस्थापनाको लागी जिम्मा लिएका सम्बन्धित निकाय, संस्था पो.म.न.पा ले व्यवस्था गरिएको प्रती पनि जिल्ला सभा कास्कीले विशेष ध्यानाकर्षण गराएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्