Mongol Vision News | 30 मार्च 2019
कास्की / मंगाेल नेशनल अर्गनाइजेशन कास्की जिल्ला सभाको सक्रियतामा पोखरा महानगरपालिका वडा नं.१५ शिवशक्ति टोलमा २१ सदस्यीय वडासभा गठन भएको छ ।
चैत्र ९ गते कास्की जिल्लासभाका अध्यक्ष रियाज गुरुङको सभाध्यक्षतामा र संगठनका केन्द्रीय सदस्य तथा मंगाेल भिजन साप्ताहिकका निर्देशक प्रेमछिरी शेर्पा ज्युको प्रमुख अतिथ्यतामा पोखरा महानगरपालिका वडा नं. १५ शिवशक्ति टोलको शिवशक्ति तमु समाज हलमा परिचयात्मक प्रशिक्षण भेला कार्यक्रममा २१ सदस्यीय सभा गठन भएको हो ।
नवगठित सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिव क्रमश टेकबहादुर पुन मगर, यमुना गुरुङ, मिना रानामगर, अनुष्का गुरुङ, धन बहादुर आले मगर रहेकाछन् भने सदस्यहरुमा मनोज गुरुङ, बिना गुरुङ, डिलु रानामगर, रेनुका आलेमगर, थमन बहादुर मगर, शोभित बहादुर सारुमगर, हरि बहादुर गुरुङ, थमनसिङ आलेमगर, रेशम बहादुर बुढामगर, थमनसिङ गुरुङ, चुत्र बहादुर थापामगर, बिष्णुमाया गुरुङ, हेमा कुमारी गुरुङ, आरती गुरुङ र लिलमाया गुरुङ रहेका छन ।
मंगाेल प्रेमिहरुको बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा प्रशिक्षक रियाज गुरुङले मंगाेल नेशनल अर्गनाइजेशन फाउण्डर प्रेसिडेण्ट डा. गोपाल गुरुङज्यूले दिनुभएको मंगाेलवाद, मंगाेल दर्शन मानविय अस्तित्व साथै बर्तमानसम्म देशमा लोकतन्त्र, धर्मनिरिपेक्षता र प्रान्तीय सरकारसम्म आइपुगेको कुरा छर्लङ्ग पारेका थिए ! प्रमुख अतिथि ज्युले अब मंगाेलहरु एकजुट भएर अगाडि बढ्नु पर्ने तथा आजसम्म एकल नश्लिय शासक खस आर्यहरुले हरेक क्षेत्रहरूमा हामीलाई विभेदमा पार्दै आईरहेको र संविधानमा मंगाेल भनेर मानव अस्तित्वमा राख्न नसकेको कुरा प्रष्ट्याउनु भएको थियो । कास्की जिल्लासभाका सदस्य तथा प्रचारप्रसार सचिव श्रीमान थापा मगरले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रममा विशेष अतिथि केन्द्रीय सदस्य, गण्डकी प्रदेशसभाका अध्यक्ष र पोखरा नगरसभाका अध्यक्ष क्रमश गंगा खपाङ्गी, नवीन गुरुङ र ज्ञानराज गुरुङज्युले आ-आफ्नो मन्तव्य दिनुभएको थियो ! विशेष अतिथि रहेका शिवशक्ति समाजका अध्यक्ष ईश्ववर कुमार गुरुङ, सृजना तमु समाजका अध्यक्ष हरि कुमार गुरुङ र गलेश्वर मगर समाजका अध्यक्ष शोभित सारु मगर थिए भने शिवशक्ति तमु समाजका अध्यक्ष ईश्वर कुमार गुरुङ ज्युले पनि आफ्नो प्रतिक्रिया मन्तव्य राख्नु भएको थियो !
कार्यक्रमको समापनको घोषणा अध्यक्ष रियाज गुरुङले नवगठित सभा समितिका पदाधिकारीहरुलाई सपथग्रहण गराई गरेका थिए । यस प्रशिक्षण भेलालाई सव्य र भव्यताका साथ सफल पार्न गण्डकी प्रदेशसभाका कोषाध्यक्ष निर्मल आले (राजु) कास्की जिल्लासभाका सचिव, कोषाध्यक्ष, सहसचिव क्रमश यज्ञबहादुर गुरुङ, टेक रानामगर, तिर्थ गुरुङ, सदस्य चित्र बहादुर रानामगर, बिरेन्द्रमान गुरुङ, ओम गुरुङ, संगिता गुरुङ, सुर्जा तामाङ, सुब्बा गुरुङ, भिम गुरुङ र पोखरा नगरसभाका सचिव जीवन थापामगर, सहसचिव घन बहादुर रानामगर र सदस्य एलेक्स गुरुङको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन जिल्ला सदस्य रबिन तामाङले गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology