बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पालुङटार नगरको प्रथम नगर अधिवेशनको मिति तय

Mahendra Thapa | 17 फेब्रुअरी 2020

पालुङटार नगरको प्रथम नगर अधिवेशनको मिति तय

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन पालुङटार नगर सभाका अध्यक्ष रिन्छेन लामा तामाङको सभाधक्ष्यतामा घरेडी खोलामा विभिन्न प्रस्तावहरु माथी छलफल गर्दै बसेको नियमित बैठकले तत्कालीन अत्यावश्यक प्रस्तावलाई निर्णय गर्दै पालुङटार नगर सभाको नियमित बैठक सम्पन्न भएको छ ।

    16 Feb ,2020 को बैठकमा पालुङटार नगर सभाको प्रथम ऐतिहासिक नगर अधिवेशन मितिबारे वृहत् छलफल पश्चात् आगामि मार्च १३ तारिखमा अधिवेशन गर्ने निर्णय भएको हो । बैठकमा गण्डकि प्रदेश सल्लाहकार महेन्द्र थापाको प्रमुख आतिथ्यत रहेको थियो भने अन्य अतिथिहरुमा एमएनओ गोरखा जिल्लाको तेस्रो ऐतिहासिक जिल्ला अधिवेशन मूलआयोजक सभाका सदस्यहरु प्रसाद गुरुङ र राम लामा हुनुहुन्थ्यो । बैठकले पुरानो सभालाइ विघटन गरि पुर्व अध्यक्ष रिन्छेन लामा तामङको संयोजकत्वमा 11 सदस्यीय मुलआयोजक सभा गठन गरेको छ ।

    अतिथिद्धय गुरुङ र लामाले शुभकामना मन्तव्य राख्नु हुँदै पालुङटार नगर सभाको प्रथम अधिवेशन सफलताको कामना गर्दै गोरखा जिल्ला अधिवेशन पनि सभ्य र भव्य रुपमा सफल पार्न हातमा हात मिलाएर अगाडी बढ्नुपर्ने बताए । साथै प्रमुख अतिथि थापाले गोरखामा मंगोलको लहर विस्तारै छाएको र मंगोललाई चोमोलोङमाको उचाइमा पुराउन अब सबै प्रकारका शक्ति ओझेल पर्ने बताउँदै पालुङटार नगरपालिका सभाको अधिवेशन सभ्य र भव्य रुपमा सफल पार्ने शुभकामना व्यक्त गर्नु भएको थियो । बैठक पालुङटार नगर सभाका सचिव देउ बहादुर तामाङले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्