दिपेन्द्र खाम्चा मंगाेल | 9 अगस्ट 2019
9-8-2019 मा मङगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा पाल्पाको अायाेजनामा २५ अेाेे विश्व मुलबासि दिबस सम्पन्न भयकाे छ।मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा पाल्पा को अध्यक्ष तोप बहादुर खाम्चाको अध्यक्षता मा सम्पन्न कार्यक्रममा तानसेन बजारमा रेयालि सहित बजारको परिक्रमा गरि प्रमुख अतिथी मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका मुल सचिव थम्मन बुढा मगर, बिशिस्ट अतिथी केन्द्रिय सदस्य तथा अनुशासन बिभागका सदस्य लाल बहादुर दर्लामी, अतिथिहरु केन्द्रिय सदस्य जयकली दर्लामी, ५ नम्बर प्रदेश सभाका अध्यक्ष दिपक थापा मगर, सदस्यहरु देब प्रसाद श्रेष्ठ, टेक बहादुर आले, सुनिता थापा गुरुङ, सल्लाहकार खगेन्द्र रास्कोटीको उपस्थिति मा कार्यक्रम सम्पन्न भयो। स्वागत मन्तव्य आयोजक सभाका सदस्य तथा बगनासकाली गाउ सभाका सदस्य मिनु दर्लामी, मन्तव्यहरुमा बगनास कालिगाउ सभाअध्यक्ष दान बहादुर दम्मरपाल, तानसेन नगर सभाका सचीव तारा प्रसाद राना, पाल्पा जिल्ला सभाका सचिबालय सदस्य लक्ष्मण गाहा, जित बहादुर नेपाली, अतिथिहरुमा केन्द्रिय सदस्य जयकली दर्लामी, ५ नम्बर सभा अध्यक्ष दिपक थापा मगर, सदस्य देब प्रसाद श्रेष्ठ, ,बिशिस्ट अतिथी केन्द्रिय सदस्य तथा अनुशासन बिभाग सदस्य लाल बहादुर दर्लामीले मन्तव्यको क्रममा आदिवासी जनजाति कार्डको बिषयमा प्रष्ट पार्दै याे कार्ड नेपालमा भएका ८०% मुलबासी मंगाेलहरुलाई याे देशकाे दास्राे दर्जाकाे बनाउने खेलाे भएकाे बताउदै यो देशको खस आर्यहरु कुनवासि हुनत ? भन्ने प्रशन राख्नुभयो। साथै मुलबासी अधिकारहरुको बिषयमा महत्त्व पुर्ण भनाहरु राख्नु भयो।
प्रमुख अतिथि केन्द्रिय मुलसचिब थम्मन बहादुर बुढा मगरले मन्तव्यको क्रममा हिन्दु आर्यहरुको मुल कानुन मनु स्मृति को बिषयमा स्पष्ट पर्दै मङ्गोल नेसनल अर्गनाइजेसन को लडाइ अफ्रिकाको नेलसन मन्डेला साथै ग्वातेमालाको मन्चुकारी बेर्ताको जस्तै भएको कुरा प्रस्टाउदै नेपालमा पनी एमएनअाे लाई कुनै पनि सक्तिले रोक्न नसक्ने कुरा बताउनु भयो। कविता बाचन पाल्पा जिल्ला सभा सल्लाहकार कृष्ण रानाले गर्नु भयो।नृत्यमा तानसेन नगर सभा,माथागदी १ चिदिपानी बेरौटा,तिनाउ गाउँ सभा दोभान,बगनागाउ सभा ३ नायर नमतलेस र ९ चाप्पानी चुनडाडा बाट भएको थियोे भने कार्यक्रम उत्घातन प्रमुख अतिथीले ५ क्रन्तिको दिप प्रजोलन तथा डा गोपाल गुरुङ को फोतो लाई खादा अर्पण गरि गर्नु भयो।भने कार्यक्रम सन्चालन एमएनअाे पाल्पा जिल्ला सभा सचीव पुरन दर्लामिले गर्नुभएको थियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology