शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको बिभिन्न स्थानमा २६ औं विश्व मूलबासी दिवश सम्पन्न

Mongol Vision | 10 अगस्ट 2020

पाल्पाको बिभिन्न स्थानमा २६ औं विश्व मूलबासी दिवश सम्पन्न

पाल्पा/ 9 August 2020 का दिन बिश्व मुलबासी दिवसका दिन मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा पाल्पाको विभिन्न वडा सभाहरुमा मुलबासी दिवस सब्य र भब्यता का साथ सम्पन्न भएको छ। मंगोल नेसनल अर्गनाइजेसन बगनासकाली वडा सभा नम्बर १ चिरतुङ्गधाराको आयोजनामा अध्यक्ष जे बि जि एमको अध्यक्षतामा प्रमुख अतिथि मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा पाल्पाका सचिव लक्ष्मण गाहा, बिशिष्ट अतिथि जित बहादुर नेपाली र अन्य अतिथीहरुमा जिल्ला सभा पाल्पाका सदस्यहरु तथा बगनासकाली गाउँ सभाका अध्यक्ष सदस्यहरु प्रभाव सभा यु के का संयोजक तिल थापा मगरको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पाल्पा जिल्ला सभा का सदस्य जनक रानाले सञ्चालन गरेका थिए । त्यसैगरी सोही दिन मंगोल नेसनलअर्गनाइजेसन बगनासकाली गाउँ सभा वडा ४ खानिछापको को आयोजनामा अध्यक्ष अमर सिङ दर्लामीको अध्यक्षतामा २६औं विश्व मूलवासी दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य जयकली दर्लामी, बिशिष्ट अतिथीमा पाल्पा जिल्ला सभाका सचीव पुरन दर्लामी रहेका थिए । उक्त कार्यक्रम संचालन गाउँ सभाका सचीव सुस्मिता दर्लामीले गरेकि थिइन् ।

पाल्पाको बिभिन्न स्थानमा २६ औं विश्व मूलबासी दिवश सम्पन्न

माथागढी गाउँ सभा वडा ५ गोठादीको आयोजनामा वडा सभाका अध्यक्ष लुक रेश्मीको अध्यक्षता र प्रमुख अतिथि संगठनका केन्द्रिय सदस्य तथा अनुशासन बिभागका सदस्य लाल बहादुर दर्लामी रहेका थिए । त्यस्तै बिशिष्ट अतिथिमा पाल्पा जिल्ला सभाका सदस्य थमन रेश्मी रहेका थिए भने कार्यक्रम संचालन जिल्ला सदस्य टीका घर्तीले गरेका थिए । मंगोल नेसनल अर्गनाइजेसन माथागढी २ रुप्से र ३ कसेनी वडा सभाको संयुक्त आयोजनामा २ रुप्सेका अध्यक्ष पुर्ण बहादुर रुचालको अध्यक्षतामा प्रमुख अतिथि पाल्पा जिल्ला सभाका अध्यक्ष टोप बहादुर खाम्चा र जिल्ला सभा पाल्पाका सल्लाहकार कृष्ण रानाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला सभा पाल्पाका सदस्य कृष्ण गाहा र फर्स बराल र रम्भा गाउँ सभाका अध्यक्ष बिष्णु थापा मगरको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन कसेनी वडा सभाका अध्यक्ष बिमल थापा मगरले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्