शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको बगनासकाली गाउँपालिकामा टोल सभा गठन

Lassim Hang Mongol | 20 डिसेम्बर 2018

पाल्पाको बगनासकाली गाउँपालिकामा टोल सभा गठन

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको सक्रियतामा बगनासकाली गाउँपालिकामा टोल सभा गठन भएको छ ।
१९ डिसेम्बरका दिन रूद्रवीर रेस्मिको सभाध्यक्षतामा एक प्रशिक्षण कार्यक्रमको बीच एघार सदस्यीय बगनासकाली गाउँपालिक वडा नं १ खोरबारीमा टोल सभा गठन भएको हो । नवगठित टोल सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः जेमान सिंह रेस्मी, कृष्ण कनौजे, कृष्ण रेस्मि र सिता रेस्मी छन । सदस्यहरूमा, जानुका रेस्मी, तिलतामा रेस्मि, मोहन चिडि, धनबहादुर चिडी, पवित्रा चिडी र सल्लाहकारहरूमा रूद्रवीर रेस्मी र दलबहादुर रेस्मी रहेका छन् ।
       कार्यक्रममा पाल्पा जिल्ला सभा अध्यक्ष तोप खाम्चा प्रमुख आतिथ्यता साथै मुख्य प्रशिक्षक रहनु भएको थियो । मूलवासी मंगोल जनसमुदायहरूलाई मंगोल र मूलवासी साथै आदिवासी जनजाती शव्द र राजनितिक चेतनाको विषयमा प्रशिक्षण प्रदान गर्नु भयो । नवगठित टोल सभाका पदाधिकारीगरूलाई प्रमुख अतिथि तोप खाम्चाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो भने कार्यक्रम दिपेन्द्र खाम्चाले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्