शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको बगनासकाली गाउँसभाको विभिन्न स्थानमा चौथो वार्षिक स्मृति दिवस सम्पन्न

Mongol Vision | 10 जून 2020

पाल्पाको बगनासकाली गाउँसभाको विभिन्न स्थानमा चौथो वार्षिक स्मृति दिवस सम्पन्न

पाल्पा/ नेपालका प्रथम लोकतन्त्रवादी नेता मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो स्मृति दिवस कार्यक्रम बगनासकालि गाउँ सभाको विभिन्न स्थानमा सम्पन्न भएको छ । पाल्पाको बगनासकाली गाउँसभा वडा नम्बर ४ खानीछापका अध्यक्ष अमर सिङ दर्लामीको सभाध्यक्षतामा युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको चौथो वार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रिय सदस्य जयकली दर्लामीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा पाल्पा जिल्ला सभाका सचीव पुरन बहादुर दर्लामी रहनु भएको थियो । विश्व जगत संगै नेपाल पनि कोभिड १९ कोरोना कहरले ग्रस्त भइरहेको अवस्थामा परिस्थिति अनुरुप कार्यक्रम गर्दै जानुपर्ने कुरा बताउनु हुँदै प्रमुख अतिथी दर्लामिले 10 june का दिन युग पुरुष अमर ड.गोपाल गुरुङज्युलाई स्मरण गर्नु हुँदै वहाँको मंगोल दर्शनले मात्र हामिलाई हिन्दूवादको षड्यन्त्रबाट बचाउने कुरा बताउनु भयो । कार्यक्रममा पाल्ला जिल्ला सभाका सदस्य लक्ष्मण गाहाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । त्यस्तै कार्यक्रममा ड.गोपाल गुरुङज्युको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । एमएनओ पाल्पा जिल्ला सदस्य तथा एमएनओ बगनासकाली गाउँ सभाका सदस्यहरुको उपस्थिति बीच सम्पन्न कार्यक्रमलाई वडा सचिव सुस्मिता दर्लामिले सञ्चालन गरेकी थिइन् । त्यसैगरि सोही दिन एमएनओ बगनासकाली गाउँ सभा १ नम्बर वडासभा चिलाङ्दिमा शेर बहादुर रानाको अध्यक्षता र मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा पाल्पाका अध्यक्ष तोप खाम्चाको प्रमुख आतिथ्यतामा युग पुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो वार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित भेलालाइ सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी खाम्चाले कोरोना रोकथामको लागि सरकारले लागू गरेको लकडाउनका कारण गतवर्ष झै जिल्ला व्यापी रुपमा कार्यक्रम गर्न नसकेको बताउनु भयो । मन्तव्यकै क्रममा उहाँले भन्नुभयो 'जस्तोसुकै समय र परिस्थितिको बाबजुद पनि हामिले हाम्रो सांगठनिक कार्य गर्न छोड्नु नहुने कुरा युग पुरुष अमर ड.गोपाल गुरुङज्युको जीवनिबाट हामी पाठ सिक्न सक्छौं । '

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्