बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको खानिछाप वडा सभाको दोश्रो ऐतिहासिक वडा अधिवेशन मिति तय

दिपेन्द्र खाम्चा मंगाेल | 24 जूलाई 2019

पाल्पाको खानिछाप वडा सभाको दोश्रो ऐतिहासिक वडा अधिवेशन मिति तय

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभाको बगनासकाली गाउँ सभा वडा नम्बर चार खानिछाप वडा सभाको दोश्रो ऐतिहासिक वडा अधिवेशन मिति तय भएको छ । आज बसेको बैठकले मंगोल नेशनल अर्गनाइजेशन खानिछाप वडा सभा विघटन गरी नौं सदस्यीय अधिवेशन आयोजक समिती तय गरि आगामी २०७६-०६-०४ गते खुल्ला सभा गर्ने भनी तय गरेको छ । जसको संयोजक, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः अम्मरसिंह दर्लामी, पुर्णबहादुर गाहा, यानिसरा चौहान र सुस्मिता दर्लामी रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिलबहादुर गाहा, देवकुमारी पल्ली, मेहुमान दर्लामी, दानबहादुर दर्लामी र हुमकुमारी दर्लामी रहेका छन् । संगठन विस्तार संगै आउने चुनावमा पाल्पा जिल्ला सभालाई मंगोलमय बनाउने हेतुले नयाँ आउने निडर, निर्भिक कार्यकर्ताहरुको जोस र जाँगर संगै संगठनले तिव्र रुप लिने विस्वस्तका साथ नयाँ अनि युवा नेतृत्वको लागि अधिवेशन तय गरेको पुर्व वडाध्यक्ष पुरण दर्लामिले बताउनु भयो । त्यस्तै उहाँले बताउनु भयो अधिवेशन भनेको कार्यकर्ताको निमित्त निखारिने, अनुभव बटुल्ने र धेरै कुरा सिक्ने एउटा अवसर हो । कार्यक्रम खानिछाप चौक स्थित खुल्ला सभा गर्ने आयोजक सभाका संयोजक अम्मरसिंह दर्लामिले बताउनु भयो । हिजो नबुझेर माओवादी एमाले कंग्रेसको ईमानदार, बफादार कार्यकर्ता बनी तिनै पार्टिहरुलाई जिताउँदै आएता पनि अब भने आफ्नो अस्तित्व बुझिसकेकाले आफ्नै घर मंगोल नेशनल अर्गनाइजेशको जीतको निमित्त दोलो ज्यान दिएर लागि पर्ने संयोजक अम्मरसिंह दर्लामिले बताउनु भयो । अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न गर्नका लागि आयोजक सभाका समिति दिन रात झरी नभनी लागि परिरहेको र साँच्चैनै शाब्दिक मात्रै नभएर यथार्थमै ऐतिहासिक अधिवेशन बनाउने अठोटका साथ लागी परेको संयोजक अम्मरसिंह दर्लामिले मंगोल भिजनलाइ बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्