शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको माथागडिमा वडा अधिवेशनको तिव्र तयारी

Mongol Vision News | 8 जनवरी 2020

पाल्पाको माथागडिमा वडा अधिवेशनको तिव्र तयारी

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्लाको माथागडी गाउँपालिका वडा नम्बर ५ को प्रथम ऐतिहासिक वडा अधिवेशन आगामी माघ ११ गते हुने भएको छ ।

       6 डिसेम्बरका दिन बसेको वडा सभाको बैठकले थमन रेश्मी मगरको संयोजकत्वमा उन्नाइस सदस्यीय मूल आयोजक सभा सदस्य चयन गरेको थियो । जसको सचिवमा सपना पल्ली मगर र कोषाध्यक्षमा तुलबहादुर रेश्मी मगर रहनु भएको छ । देशको वास्तविक राजनितिक समस्यालाई चिर्दै भावी सन्ततिको उज्वल र अस्तित्व सहित सुरक्षित भविष्यको निमित्त गाउँघर कुना कन्दरामा चिर निन्द्रामा सुतिरहेका अस्तित्व विहिन मंगोलहरुलाई राजनितिक चेतनशील रुपले ब्युँझाउनु कार्यक्रमको मूल उद्धेश्य रहेको कुरा मंगोल भिजन राष्ट्रीय साप्ताहिकका समाचारदाता दिपेन्द्र खाम्चा संगको कुराकानिमा संयोजक थमन रेश्मी मगरले बताउनु भयो ।

       त्यस्तै प्रथम ऐतिहासिक वडा अधिवेशनलाई ऐतिहासिक बनाउन यतिबेला घरदैलो साथै प्रचारप्रसारमा तिव्र रुपमा लागि रहेको पनि संयोजक थमन रेश्मीले बताउनु भयो । प्रथम ऐतिहासिक वडा अधिवेशनमा मंगोल समुदायहरुको विभिन्न सांस्कृतिक कार्यक्रम संगै संगठनका केन्द्र, प्रदेश लगायत जिल्ला सभाका नेतागणहरुबाट सम्बोधन रहनेछ । अधिवेशनको खुल्ला सभा तथा घोषणा सभा भने मथागडी गाउँपालिका पाँच स्थित भवन डाउनघाटमा हुने तय भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्