शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको माथागडि रजइ पोखरामा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 2 अगस्ट 2019

पाल्पाको माथागडि रजइ पोखरामा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

पाल्पा ÷ मंगोल नेशनल अर्गनाइजेशन माथागडी सभा र माथागडी २ रुप्से वडा सभाको संयुक्त पहलमा रुप्सेको रजइ पोखरामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अगष्ट २ शुक्रवारका दिन माथागडी वडा २ सभाका अध्यक्ष पुर्ण बहादुर रुचालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनका केन्द्रीय अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभाका अध्यक्ष तोप खाम्चा रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी दर्लामिले युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको जीवनी लगायत उहाँको राजनितीक दुरदर्शिताबारे उपस्थिति लोकहरुमा प्रष्ट पार्नुभयो । प्रशिक्षणकै क्रममा उहाँले मानव उत्पतीबारे प्रष्ट पार्नुहुँदै संसारमा ३ वर्णको मानवको मात्र उत्पती भएको विश्व विज्ञान र मानवशास्त्रले पुष्टि गरेको कुरा बताउनु भयो । उक्त ३ मानव वर्ण मध्ये हामी मंगोल वर्णको रहेको बताउनु भयो । मन्तव्यकै क्रममा उहाँले आदिवासी जनजाती र मूलवासी शव्दबारे पनि प्रष्ट्याउनु हुँदै हामी समस्त ८०% अहिन्दु मंगोलहरु यो देशको मूलवासी रहेको कुरामा पनि जोडदिनु भयो । रुप्से वडा सभा सदस्य अर्जुन जर्घाले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला सभा पाल्पाका पदाधिकारी लगायत माथागडी गाउँसभाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्