शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको माथागढि गाउँसभामा मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण साथै टोल सभा गठन

Mongol Vision News | 11 फेब्रुअरी 2020

पाल्पाको माथागढि गाउँसभामा मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण साथै टोल सभा गठन

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको आयोजनामा माथागढी गाउपालिका वडा नम्बर ३ को भैसिकत्ता टोलमा एक दिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै टोल सभा गठन भएको छ ।

    आज तदनुसार 11 फेब्रुअरी मंगलबारका दिन एमएनओ पाल्पा जिल्ला सदस्य फर्स बरालको सभाध्यकतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको बीच डम्बर बहादुर आलेको अध्यक्षतामा १० सदस्यीय तदर्थ टोल सभा गठन भएको हो । जसको कोषाध्यक्ष र सचिवमा क्रमशः अम्बर थापा मगर र टोपबहादुर थापा मगर चयन भएका छन् भने अन्य सदस्यहरुमा पुर्ण बहादुर थापा मगर, यमबहादुर थापा मगर, खड्ग बहादुर थापा मगर, सुमन थापा मगर, रुक बहादुर सारु, रुम बहादुर सारु र शिवलाल घर्ती मगर रहेका छन । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन विभाग सदस्य लालबहादुर दर्लामिको प्रमुख आतिथ्यता रहेको थियो । उक्त भेलालाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि दर्लामिले मानव उत्पत्ति लगायत आदिवासी जनजाती, मूलवासी र मंगोल शव्दबारे प्रष्ट पार्नु भएको थियो ।

पाल्पाको माथागढि गाउँसभामा मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण साथै टोल सभा गठन

त्यसैगरी कुनै पनि शव्दको अर्थ जति महत्वपूर्ण हुन्छ त्यसको असर पनि उत्तिकै महत्त्वपूर्ण र गहिरो हुनेहुनाले आज हामी आफ्नै भुमिमा अस्तित्व विहिन हुनुको कारण नेपालको संविधानको धाराहरुमा मंगोल र मूलवासी शब्दको सट्टा देशै नहुने जमात आदिवासी जनजाती र दलित शव्द लेखिएको, बनाइएको कारण भएको उहाँले बताउनु भयो । साथै मंगोल र मूलवासी शव्दको निमित्त बोल्न र लेख्न सक्ने शक्ति एमएनओमा मात्र रहेको र हामिलाई आफ्नै देशमा अस्तित्व सहित ज्युँदो मान्छे बनाउन सक्ने सामर्थ्य मंगोल नेशनल अर्गनाइजेशनमा मात्र रहेकोले मंगोल मुक्तिको लागी अबको अन्तिम विकल्प एमएनओ मात्र रहेको कुरा पनि उहाँले प्रशिक्षणकै क्रममा बताउनु भएको थियो भने उक्त कार्यक्रम बिमल घर्ती मगरले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्