शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको माथागढि दमारमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन

Dipendra Khamcha | 1 फेब्रुअरी 2020

पाल्पाको माथागढि दमारमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभाको सक्रीयता र अर्जुन जर्घाको विशेष पहलमा मंगोल राष्ट्रवाद सम्वन्धी एकदिने खुल्ला प्रशिक्षण साथै वडा सभा गठन भएको छ ।

     तदनुसार 1 फेब्रुअरी शनिबारका दिन मंगोल नेशनल अर्गनाइजेशन माथागढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पुर्ण बहादुर रुचालको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमकै अवसरमा खडग बहादुर घर्ती मगरको अध्यक्षतामा दश सदस्यीय दमार वडा सभा गठन भएको थियो । जसको सचिव, कोषाध्यक्षमा क्रमशः प्रेम बहादुर आले र डिलबहादुर सुर्यवंशी छन भने अन्य सदस्यहरुमा लालुमाया घर्ती मगर, सुर्य बहादुर घर्ती मगर, टाक बहादुर घर्ती मगर, जितेन्द्र ठाडा, टेक माया ठाडा, डम्बर बहादुर घर्ती मगर रटोपली ठाडा रहेका छन् । उक्त कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि दर्लामिले उपस्थित लोक समुदायहरुमा सांगठनिक विषय लगायत मानव अस्तित्व, आदिवासी, जनजाती,, मूलवासी र मंगोल शब्द र यसको महत्वबारे प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

     कार्यक्रममा एमएनओ पाल्पा जिल्ला सभाका सदस्य कृष्ण रानाले स्वागत मन्तव्य राखेका थिए भने बिमल घर्ती मगरले उक्त प्रशिक्षण कार्यक्रम सन्चालन गरेका थिए । त्यसैगरी सोहि दिन एमएनओ माथागढि गाउँपालिका वडा नम्बर एक दमार स्थित एमएनओ पाल्पा जिल्ला सभाको सक्रीयतामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । पाल्पा जिल्ला सभाका अध्यक्ष तोप खाम्चाले उपस्थित लोक समुदायमाझ समसामयिक राजनीति र एमएनओको अवधारणावारे प्रष्ट पार्नु हुँदै मानव अस्तित्व र मंगोलको इतिहासबारे प्रशिक्षण प्रदान गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्