शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको‍ राम्दिमा मंगोल दर्शनबारे प्रशिक्षण

Baneera Mongol Meche | 17 फेब्रुअरी 2019

पाल्पाको‍ राम्दिमा मंगोल दर्शनबारे प्रशिक्षण

             पाल्पा / मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभाको अायोजनामा बगनासकाली ५ राम्दिमा एकदिने मंगोल दर्शनको विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पाल्पाको‍ राम्दिमा मंगोल दर्शनबारे प्रशिक्षण

                 १७ फेब्रुअरी अाइतबारका दिन बगनासकाली ५ राम्दिमा स्थानीय मंगोलप्रेमी मित्र बहादुर पाडे मगरक‍ो अध्यक्षता र संगठनका केन्द्रीय मुलसचिव थम्मन बहादुर बुढामगरको प्रमुख अातिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथिमा एमएनअो पाल्पा जिल्ला सभाका अध्यक्ष तोप खाम्चा र अतिथिमा जिल्ला सचिव पुरन दर्लामी रहनुभएको थिय‍ो ।

                                         कार्यक्रमका प्रमुख अतिथि साथै मुख्य प्रशिक्षक संगठनका केन्द्रीय मुलसचिव थम्मन बहादुर बुढामगरले कार्यक्रममा उपस्थित मूलवासी लोकसमुदायलाई मंगोल दर्शनको विषयमा व्यापक प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पाल्पा जिल्ला सभाका अध्यक्ष तोप खाम्चा र सचिव पुरन दर्लामीले पनि मंगोलहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिदै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला सभाका पदाधिकारीहरु, नगरसभा तथा गाउँ सभाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई एमएनअो पाल्पा जिल्ला सभाका सदस्य जनक रानामगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्