आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

mongol vision | 7 मार्च 2021

पाल्पाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय मुल सचिब थम्मन बुढा मगरले यो मुलुकका मुलबासी मंगोलहरु आफ्नै देशमा दासताको जिबन जीउन बाध्य हुनु दु:खको कुरा भएको बताउनु भएको छ । ६ मार्च शनिबार मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभाको तेस्रो जिल्ला अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुल सचिब बुढा मगरले यस्तो बताउनु भएको हो । "हामी आफ्नै मुलुकमा पराइको जस्तो व्यबहार भोग्न बाध्य भइरहेका छौ, यो जस्तो बिडम्बना अरु के हुन सक्छ । बिदेशबाट आएकाहरुले आज हामीमाथि शासन गरिरहेको छ, हामी त्यसैलाई सहेर बसिरहेका छौं । मंगोल पुर्खाहरु त्यस विरुद्ध आवाज उठाएको स्मरण गर्दै उहाले भन्नू भयो- उहाहरुले जे जती गरेता पनि त्यसलाई दबाउने काम भयो । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट युग पुरुष अमर डा.गोपाल गुरुङले संस्थागत रुपमा एम एनओ खोलो त्यसको विरुद्धमा लागे बिदेशी शासकहरु अत्तालिएको छ । अब हामीलाई रोक्ने छेक्ने शक्ति छैन र सक्दैन । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सबै नेता कार्यकर्ताहरुलाई आउँदो दिनहरुमा हुने जुन सुकै चुनावको तयारीमा लागदै संगठनको गतिविधिहरुलाई शसक्त रुपमा अधि बढाउन आह्वान समेत गर्नु भयो । पाल्पा जिल्लाको माथागढी गाउँपालिका -३ कसेनिको ओलेसमा तेस्रो पाल्पा जिल्ला अधिवेशनको खुल्ला घोषणा सभा अधिवेशनको मुलआयोजक सभाका संयोजक टोप बहादुर खाम्चा ज्युको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय मुलसचिव थम्मन बहादुर बुढामगर ज्युको प्रमुख आतिथ्यतामा सभ्य र भव्यरुपमा सम्पन्न भएको थियो। उक्त खुल्ला घोषणा सभामा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रचार प्रसार सचिव मणि पापो लिम्बू विशिसष्ट अतिथी हुनुन्थ्यो । त्यसैगरी अतिथिहरुमा केन्द्रीय सदस्यहरु कल्पना थापा मगर, केशु रास्कोटी, लाल बहादुर दर्लामी, तेज कुमारी आले, जयकली दर्लामी, शिवजित गुरुङ, विश्नु मान विक, पम्फा सिंजाली, लुम्बिनी प्रदेश सभाका अध्यक्ष दिपक थापा मगर, प्रदेश सदस्यहरु देबराज गुरुङ, देब प्रसाद श्रेष्ठ, टेक बहादुर आले, प्रदेश सल्लाहकार खगेन्द्र रास्कोटी, लगायतका विभिन्न जिल्ला सभा तथा नगर सभाका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । ५ मार्चमा भएको तेस्रो जिल्ला अधिवेशनको बन्द सत्रबाट पुरन बहादुर दर्लामीको अध्यक्षतामा ३७ जनाको बलियो मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पा सर्वसहमतीमा निर्माण भएको छ । नवगठित जिल्ला सभाको सचिव लक्ष्मण गाहा, कोषाध्यक्ष हेम बहादुर राना, सह-सचिव माया सुनारी रहनु भएको छ भने सदस्यहरुमा गोबिन्द रेश्मी, जनक राना, ढोलराज गाहा, जित बहादुर नेपाली, कृष्ण बहादुर गाहा, फर्स बहादुर बराल, थमन रेश्मी, शेर बहादुर दर्लामी, थाकुर सिं सारु, हुम बहादुर आले, ओ.वि ढेगा, दिपेन्द्र खाम्चा, दाब बहादुर दम्बरपाल, ओनिष कृष्ण गाहा, हेम बहादुर राना, विश्नु थापा मगर, तारा प्रसाद राना, पुर्ण बहादुर रुचाल, वीर बहादुर बुचा, हरि बहादुर गाहा, केशब थापा मगर, मीन बहादुर बरम्ले, टीका घर्ती मगर, खगिसरा दर्लामी, सुमन बाकवल, चन्द्रा रजाली, कमला दर्लामी, मिना झेडी, हेमा राना, मेनुका सारु, यमकुमारी ढेगा, घनिसरा दर्लामी, अनिता सुनारी हुनुहुन्छ।

पाल्पाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

कार्यक्रममा उपस्थित हुनुभएका अतिथि ज्युहरुले नवनिर्वाचित पदाधिकारी ज्युहरुलाई सफल कार्यकालको शुभकामना दिनुभएका थिए । विशिष्ट अतिथी लिम्बु ज्युले कोहि कम्युनिस्टमा, कोहि राजावादीमा, कोहि कांग्रेसमा र विभिन्न संघ संस्थामा आबद्ध भएर हिडेका छौ तर वास्तविक तपाईं हाम्रो अस्तित्व केहो भनेर बुझ्न सकेका छैनौ त्यसकारण अस्तित्व सहित मुलवासी मंगोल एकजुट हुनको लागि मंगोल नेशनल अर्गनाइजेशनको स्थापना भएको हो भन्दै नवनिर्वाचित पदाधिकारी ज्युहरु तथा सदस्य ज्युहरुलाई शुभकामना दिनुभएको थियो । अन्त्यमा सभाधक्ष्य खाम्चा ज्युले तेस्रो ऐतिहासिक मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला अधिवेशन सम्पन्न गर्न आर्थिक, भौतिक र नैतिकरुपले सहयोग गर्नु हुने देश तथा परदेशमा हुनुहुने मंगोलप्रेमी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुहुदै उपस्थित हुनु भएका अतिथि ज्युहरु , कार्यक्रममा नृत्य प्रस्तुत गरि शोभा बढाउनु हुने कलाकार भाइबहिनिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र लोक समुदायहरुप्रती कृतज्ञता व्यक्त गर्दै आउँने दिनहरुमा पाल्पा जिल्लालाई मंगोल किल्ला बनाउने प्रतिबद्धता राख्दै सभा विसर्जन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला अधिवेशनको मुलआयोजक सभाका सल्लाहकार कृष्ण बहादुर रानाले राख्नुभएको थियो र सञ्चालन नवगठित पाल्पा जिल्ला सभाका अध्यक्ष पुरन बहादुर दर्लामी ज्युले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्