शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको तल्लो कोलडाँडाँ टोल सभा गठन

Baneera Mongol Meche | 23 फेब्रुअरी 2019

पाल्पाको तल्लो कोलडाँडाँ टोल सभा गठन

     पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको आयोजनामा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर पाँच तल्लो कोलडाँडाँ टोल सभा गठन भएको छ ।

पाल्पाको तल्लो कोलडाँडाँ टोल सभा गठन

        21 फेब्रुअरी बिहिवारका दिन बगनासकाली गाउँसभा वडा नम्बर पाँच सभाका सचिव रणबहादुर आले मगरको अध्यक्षता र संगठनका केन्द्रीय मूल सचिव थम्मन बुढामगरको प्रमुख आतिथ्यतामा एकदिने खुल्ला मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण कार्यक्रमबीच सत्र सदस्यीय तल्लो कोलडाँडाँ टोल सभा गठन भएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य जयकली दर्लामी विशिष्ट अतिथी र पाल्पा जिल्ला सभाका अध्यक्ष तोप खाम्चा लगायत पाल्पा जिल्ला सांस्कृतिक सभाका कोषाध्यक्ष मनोज मगर अतिथि रहनु भएको थियो । उक्त नवगठित तल्लो कोलडाँडाँ टोल सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः निशा गाहा मगर, मनबहादुर गाहा मगर, कृष्णमाया गाहा मगर र निलम राना मगर छन् । त्यस्तै सदस्यहरूमा मन्जु राना, तिलिसरा राना, राजेन्द्र राना, उदय गाहा, दानबहादुर गाहा, उमा गाहा, धनिसरा झेडी र सल्लाहकारूमा दिलबहादुर आले, भगवती गाहा र मानबहादुर राना रहेका छन् ।

        कार्यक्रममा गाउँ, टोल नगर र मंगोल शुभचिन्तक मंगोल लोकसमुदायहरूको उल्लेखनीय उपस्थितिको बीच प्रमुख अतिथी तथा मुख्य प्रशिक्षक बुढामगरले नेपालको आजसम्मको परिवर्तन केवल हिन्दू आर्य बाहुन क्षेत्रीको हीतमा मात्र रहेको र यसको फाईदा हिन्दू आर्य बाहुन क्षेत्रीको मात्र भएकोले यो मंगोल भुमी नेपाल बिकासको पथमा नलम्किएको र अब नेपाल समृद्धि र शान्ती बनाउन अभियान मंगोल नेशनल अर्गनाइजेशन इमानदारीताका साथ दृढ संकल्पका साथ अगि बढेकोले यस मंगोलभुमिमा मंगोल राष्ट्रवाद स्थापित गराउन हामी सबैको काधमा जिम्मेवारी आएकोले कोहिपनी व्यक्तिगत स्वार्थ र लोभलालचमा नफसी मंगोल राष्ट्रवाद निर्माणका एकढिक्का भएर अघि बढ्न सबैलाई आग्रह गर्नु भयो । यसैगरी नेपालको वास्तविक समस्या कुनैपनी जातजाति र वर्गीय नभएर वर्णभेदिनिती भएकोले यसको अन्त्यको लागी जातीय सोच भन्दा माथी उठेर अघि बढ्नु पर्ने कुरामा पनि जोड दिनुभयो । नेपालको इतिहासमा यस देशका हामी समस्त ८०% अहिन्दू मूलवासी मंगोलहरुलाई आफ्नो वर्ण, मानव अस्तित्वदेखी अन्योल बनाउन विदेशी हिन्दू आर्य बाहुन क्षेत्रीहरुले विभिन्न शाब्दिक षड्यन्त्र गर्दै हिजो मतुवाली बनाए, आज आएर आदिवासी जनजाति जस्ता आफ्नै मूलुकमा शरणार्थी बनाउने शव्दमा भुलाइएकोले आदिवासी जनजाति र मूलवासी फरक अर्थदिने शव्द भएको र आदिवासी जनजाती बाहुन क्षेत्रीको अन्योल बनाउने षडयन्त्रमात्र रहेकोले हामी अहिन्दू मूलवासी मंगोलहरु यसैदेशको मूलवासी रहेको कुरा बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथी केन्द्रीय सदस्य जकली दर्लामी र अतिथी तोप खाम्चाले पनि मन्तव्यकै क्रममा अब मंगोल मुक्तिको विकल्प जातीय सोच अन्त्य गरेर मानव अस्तित्वमा एकढिक्का भएर अघि बढ्नुपर्ने कुरामा जोड दिनु भयो । उक्त प्रशिक्षण कार्यक्रम पाल्पा जिल्ला सभाका सचिव पुरण दर्लामी मगरले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्