Dipendra Khamcha | 13 अक्टोबर 2019
१३ अक्टुवर २०१९/पाल्पा
पाल्पा जिल्ला सभाको आयोजनामा पुर्बखोला गाउपालिका ४ देबिनगर( मुन्टुङ्ग) मा एक दिने प्रशिक्षण तथा पुनर वडा सभा गठन भएको छ।कार्यक्रम को अध्यक्षता पाल्पा जिल्ला सभाका अध्यक्ष तोप खाम्चा,प्रमुख अतिथि मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रिय मुल सचीव थम्मन बुढामगर,बिशिस्ट अतिथि केन्द्रिय सदस्य तथा अनुशासन बिभाग का सदस्य लाल बहादुर दर्लामी,अतिथिमा ५ प्रदेश सभा सदस्य सुदिप थापा मगर र सदस्य धनिसरा गाहा को उपस्थिति थियोे भने पाल्पा जिल्ला सभा,तानसेन नगर सभा,बगनासकाली १ वडा सभा पदाधिकारि र घोरबन्दा टोल सभाबाट नृत्य टोलि को सहभागिता थियोे। बिशिस्ट अतिथी लाल बहादुर दर्लामी ले मन्तव्य दिने क्रममा सम्पूर्ण मङ्गोल मुलबासिले आआफ्नो ठाउँ बाट सक्दो सहयोग गर्नु पर्ने दिन आएको बताउनु भयो। प्रमुख अतिथि थम्मन बुढा मगरले मानवीय अस्तित्व,मानवअधिकार ,मङ्गोल मुलबासिको अधिकार, वास्तविक इतिहास, आदिवासी जनजाती र मुलबासी मङ्गोल वास्तविक शब्दको अर्थ र असर,हिन्दुको पहिलो कानुन मनुस्मृती तथा बि.स. १९१० पहिलो मुलुकी एन को बारेमा प्रस्ताउनु भयो।कार्यक्रम मा घोरबन्दा टोल सभा र देबिनगर वडा सभाको नृत्य प्रस्तुति भयो।प्रमुख अतिथि को प्रशिक्षण पश्चात् १९ जनाको तदर्थ पुर्बखोला ४ वडा सभा पुनर गठन भएको छ।जस्को अध्यक्ष,सचिव,सह सचिव, कोषाध्यक्ष क्रमश चन्द्र बहादुर दिशा,भबिसरा दर्लामी, दोलु सुर्यबङ्शी,गङ्गा देबि गाहा सदस्यहरुमा यम कुमारी ढेङ्गा, यम बहादुर दर्लामी, तुनिसरा झेडी, लिला दर्लामी, दुर्गी सरा दर्लामी, रिया गाहा,सुसि ढेङ्गा, सन्तोष गाहा,दिलमाया डाला, चरिमाया घर्ती,हुम बहादुर गाहा बुढाथोकी सल्लाहकारमा टेक बहादुर घर्ती, दान बहादुर सुर्यबङ्शी, रुपधर दर्लामी र हरि बहादुर दर्लामी रहेका छन् ।कार्यक्रम संचालन तानसेन नगर सभा का सचीव तारा प्रसाद रानाले गर्नु भएकाे थियाे।
मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा पाल्पा को आयोजना मा माथागढी गाउपालिकको ५ पुक्टुङ र ६ नाम्दी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।पुकटुङ मा सुमन बाकाबल को अध्यक्षता मा प्रमुख अतिथी mnoपाल्पा जिल्ला सभा सचिव पुरन दर्लामी,बिशिस्ट अतिथी पाल्पा जिल्ला सभाका सचिबालय सदस्य तथा जिल्ला सदस्य लक्ष्मन गाहा,अतिथिमा जिल्ला सदस्य थम्मन रेस्मी र जिल्ला सल्लाहकार पर्स बराल को उपस्थिति कार्यक्रम भएको थियोे।प्रशिक्षण लक्ष्मन गाहाले दिनु भयो।कार्यक्रम सङ्चालन नाम्दी मा जिल्ला सदस्य थम्मन रेस्मी र पुक्टुङ मा जिल्ला सचीव पुरन दर्लामी ले गर्नु भयो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology