बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पामा वडा सभा गठन

Mongol Vision News | 13 जूलाई 2019

पाल्पामा वडा सभा गठन

पाल्पा / मंगोल नेशनल अर्गनाइजेशन तानसेन नगरपालिका वडा नम्बर ७ मा वडा सभा गठन भएको छ । जुलाई १२ को दिन एमएनओ जिल्ला सभा पाल्पा र तानसेन नगर सभाको आयोजनामा तानसेन नगरपालिका वडा ७ नमुना टोलमा प्रमुख अतिथी एमएनओ केन्द्रिय सदस्य तथा अनुशासन बिभाग का सदस्य लालबहादुर दर्लामीको उपस्थितिमा एक दिने मंगोलबाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बिशिस्ट अतिथी एमएनओ जिल्ला सभा पाल्पाका अध्यक्ष तोप खाम्चाको अध्यक्षतामा कार्यक्रम समापन भएको थियोे। अतिथीमा एमएनओ जिल्ला सभा पाल्पाका सचिबालय सदस्य लक्ष्मण गाहा तथा नगर सभाका पदाधिकारीहरुको उपस्थिति थियो। प्रमुख अतिथी दर्लामीले डा. गोपाल गुरुङको योगदान, संघर्ष तथा मंगोलबादको बारेमा प्रष्टाउदै प्रशिक्षण दिनु भयो । प्रशिक्षण पश्चात् ११ सदस्यीय तानसेन नगरपालिका ७ वडा सभा गठन भएको छ । उक्त गठित वडा सभामा अध्यक्ष, सचिब, सहसचिव, कोषाध्यक्षमा क्रमशः अमीर मास्की राना, रेवत बराल, रमा कनौजे, नर बहादुर सारु सदस्यहरुमा उमा थापा, प्रेम बहादुर चोहान, गणेश बहादुर राना, खिना सारु र हरि बहादुर सारु सल्लाहकारमा नारायण बहादुर आले र लाल बहादुर सिङ्जाली चयन हुनुभएको छ। कार्यक्रम सञ्चालन एमएनओ तानसेन नगर सभा सचीव तारा प्रसाद रानाले गर्नु भएको थियोे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्