बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पान्थर जिल्ला सभाको ऎतिहासिक चौथो जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न

mongolvision | 13 मार्च 2022

पान्थर जिल्ला सभाको ऎतिहासिक चौथो  जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न

पान्थर/ मंगोल नेशनल अर्गनाइजेशन पान्थर जिल्ला सभाले आफनो ऎतिहासिक चौथो जिल्ला अधिबेशनको खुल्ला घोषणा सभा भब्य रुपमा सम्पन्न गरेको छ ।

  ११ मार्च २०२२ शुक्रबारको दिन पान्थरको फेदेन बजार स्थित शहिद मञ्चमा मंगोल जनसमुदायको बाक्लो उपस्थितमा ऎतिहासिक चौथो पान्थर जिल्ला अधिबेशन सम्पन्न भएको हो । अधिवेशन मुल आयोजक सभाका संयोजक राम तुम्रोकको सभाध्यक्षता तथा संगठनका वरिष्ठ केन्द्रिय सदस्य सुर्य कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खुल्ला सभाको विशिष्ट अतिथि : केन्द्रिय सदस्य देव माक्रेहाङ र दिनेश गुरुङ रहनुभएको थियो । त्यसैगरी अतिथीहरुमा प्रदेश १ सदस्यस्यहरु दिनेश चाम्लिङ, लासिम हाङ मंगोल, इलाम जिल्ला अध्यक्ष गंगाराज तामाङ रहनुभएको थियो। 

खुल्ला सभा कार्यक्रम सुरु हुनु अधि हजारौं बाक्लो   मंगोल समुदायहरुको उपस्थितिमा कार्यक्रम स्थलबाट र्याली पनि गरिएको थियो । लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंग हो , लोकतन्त्र बिरोधी होसियार , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन क्षेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम. एन. ओ जिन्दावाद , ड. गोपाल गुरुङ अमर रहुन , ऎतिहासिक चौथो पान्थर  जिल्ला  अधिबेशन सफल पारौ जस्ता नारा लगाउदै फेदेन बजार  परिक्रमा गरेर उक्त र्याली पुनः  कार्यक्रम स्थल आएको थियो ।

खुल्ला सभालाइ सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सुर्य कुमार गुरुङले मुलुक मंगोलमय बन्ने संकेत देख्न थालिसकेको जिकिर गर्दै अहिले जुन  जनलहर देखिदैछ यसलाइ कसैले छेक्न सकदैन भन्दै  बाहुन क्षेत्रीहरु लोकतन्त्रमा पनि खुसी नभएको उनिहरु अब ओरालो  लागिसकेको कुरा जगजाहेर गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिद्व्य देव माक्रेहाङ र दिनेश गुरुङ, अतिथिहरु दिनेश चाम्लिङ, लासिमहाङ मंगोल र गंगाराज तामाङले मन्तव्य राख्नुभएको थियो ।

१० मार्च २०२२ का दिन भएको बन्द सत्रबाट राम तुम्रोकको अध्यक्षतामा २९ सदस्यीय पान्थर जिल्ला सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः जल गुरुङ, चन्द्र बहादुर गुरुङ, रतन आङ्बो, रिमा पुलामी मगर रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा दुध बहादुर गुरुङ, लोकेन्द्र गुरुङ, विशाल मगर, सरोज राई, भिम कुमार राई, हरी चन्द्र लिम्बू, विमल राई, जनक तुम्बापो, गंगा शंकर, साजन मगर, दल बहादुर गुरुङ, गोविन योङहाङ, टिका कुमारी गुरुङ, रविन राई, जित बहादुर राई, तुलसी राना मगर, हरी राना मगर, सुरेश राई, अञ्जना गुरुङ, प्रकाश थाम्सुहाङ, जय प्रसाद राई, मन कुमार गुरुङ, सौरभ मगर र सल्लाहकारमा शुकराज एक्तेन रहनुभएको छ । 

 जल गुरुङले स्वागत मन्तव्य  स्वागत राख्नु भएको कार्यक्रम अर्जुन लोवाले सञ्चालन गर्नुभएको थियो ।

पान्थर जिल्ला सभाको ऎतिहासिक चौथो  जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्