शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पान्थरको फालेलुङमा मंगोलवाद बिषयक प्रशिक्षण

mongolvision | 15 नोभेम्बर 2021

पान्थरको फालेलुङमा मंगोलवाद बिषयक प्रशिक्षण


फिदिम / पान्थरको फालेलुङ गाउँ पालिकामा मंगोल नेशनल अर्गनाइजेशनले मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सभा पान्थरको संकृयतामा कात्तिक २५ गते  फालेलुङ गाउँ  पालिका वाड न  ७  बिदेन बजारमा उक्त प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको हो । संगठनका केन्द्रीय सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी मेचे र १ न प्रान्तीय सभाका सदस्य देब नारायण धिमालले संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा उहाहरुले मंगोलवाद के को र किन आवस्यक परेको बारेमा बताउनु भयो साथै एम एनओले के चाहन्छ भन्ने बारे पनि सहभागी हरु लाई प्रष्ट पार्नु भयो । कार्यक्रममा प्रान्तीय सभा सदस्य दिनेश चाम्लिङ , जिल्ला अध्यक्ष मौसम मगर , सल्लाहकार राम तुम्रुक लगायतले पनि आ आफ्नो भनाइ राख्नु भएको थियो ।
स्थानीय मनिराज राइको सभा अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा बिदेन बजारका मुलबासी जनसमुदायहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्