आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पान्थरको सिवामा मंगोलको प्रशिक्षण

mongolvision | 1 अक्टोबर 2021

पान्थरको सिवामा मंगोलको प्रशिक्षण


फिदिम / पान्थरको फिदिम नगर पालिका वाड न ६ सिवामा मंगोल नेशनल अर्गनाइजेशनले एक दिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एम एनओ फिदिम नगर पालिका वाड न ६ वाड सभाको आयोजनामा शुक्रबार १ अक्टोबरका दिन संगठनका केन्द्रीय सदस्य देब माकेहाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । खुल्ला मंगोल प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथिले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मानव उत्पत्ति र मंगोलबादको बारेमा प्रष्ट पार्नु भयो । त्यस्तै उहाले एम एनओले उठाएको माग ,मुद्दा बारेमा पनि सहभागी हरु लाई बताउनु भयो । कार्यक्रम राम कुमार तुम्रुक ,श्रीप्रसाद राई लगायतले पनि आ आफनो मन्तव्य राख्नु भएको थियो । बल बहादुर बुर्जा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका सिवा छेत्रका मुलबासी जनसमुदायहरुको उल्लेखनीय सहभागी रहेको थियो । लोकेन्द्र गुरुङले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियोे भने जल गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

पान्थरको सिवामा मंगोलको प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्