बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पान्थरमा मंगोलको प्रशिक्षण

mongol vision | 15 अगस्ट 2021

पान्थरमा मंगोलको प्रशिक्षण

फिदिम/ मंगोल नेशनल अर्गनाइजेसन फिदिम नगर सभाको संक्रीयतामा शुक्रबार पान्थरमा एक दिने मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पान्थरको फिदिम नगर पालिका वाड नम्बर ३ दहिटारमा संगठनका केन्द्रीय सदस्य देब माक्रेहाङको प्रमुख आतिथ्यता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि माक्रेहाङले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाँले मंगोलवाद के हो र एम एनओको उदेश्य के हो भन्ने बारेमा सहभागीहरुलाई प्रष्ट पारिदिनु भएको थियो । कार्यक्रममा पान्थर जिल्ला सभाका सल्लाहकार राम तुम्रुक, वाड नम्बर ७ का अध्यक्ष जल गुरुङ र सदस्य हरिचन्द्र लिम्बूले पनि एम एनओको बारेमा बताउनु भएको थियो । गजेन्द्र राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा स्थानीय मंगोल जनसमुदायहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम जिल्ला सभा सदस्य लोकेन गुरुङले सञ्चालन गर्नु भएको थियो । यसै बीच कार्यक्रमकै अवसर पारेर गजेन्द्र राई कै अध्यक्षतामा ९ सदस्यीय तदर्थ वाड नम्बर ३ वाड सभा गठन गरिएको छ । तदर्थ वाड सभाका सचिव र कोषाध्यक्षमा सन्जय राई र बिन्द्र राई रहनु भएको छ भने सदस्यहरुमा बिनोद राई, प्रेम कुमार राई, रमेश राई , मकर राई, जित बहादुर राई र दिपेन्द्र राई रहेका छन् । नव गठित वाड सभा पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी माक्रेहाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्