बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पान्थरमा पनि कालो दशै बहिष्कार

Mongol Vision News | 9 अक्टोबर 2019

पान्थरमा पनि कालो दशै बहिष्कार

पान्थर / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा पान्थरले पनि हिन्दुआर्यहरुले मनाउदै आएको कथित दशै बहिष्कार गरेका छन् यसदेशका अहिन्दु मुलवासी मंगोलहरुको पतनको दिन विदेशी खसआर्य हिन्दु बाहुनक्षेत्रीहरुको विजय शुरूवात भएको दिन कथित विजय दशै अहिन्दु मुलवासी मंगोलहरुको निम्ति कालो दिन थियोे । यसर्थ जव यो मंगोल भुमिमा समस्त अहिन्दु मुलवासी मंगोलसमुदायको निम्ति राजनैतिक चेतनाको ज्योति बनेर युगपुरुष अमर डा गोपाल गुरुङज्युको जन्म भयो । तव वहाँको पवित्र मंगोल दर्शन गाउँ- बस्ती कुना- कन्दरामा फैलिन थाल्यो । अहिले जहाँ डा गोपाल गुरुङज्युले प्राणको बाजी थापेर भद्रगोल जेलभित्र खोल्नु भएको संगठन मंगोल नेशनल अर्गनाइजेसन पुगेको छ । त्यहाँ हाम्रो मंगोल पुर्खाको टाउको छिनाली विजय उत्सव मनाउदै आएको कथित कालो दशै (हिन्दुआर्यको विजय उसत्व ) शसक्त रूपमा बहिष्कार गर्दै आएका छन् । फिदिम नगरपालिका रानिटार क्षेत्रमा बृहत रूपमा दशै बहिष्कारको पर्चा बाँडी कालो दशै बहिष्कार गरेका हुन् । हिन्दुहरुको बिजय दशमीको दिन मंगोल नेशनल अर्गनाइजेसनले छापेको दशै बहिष्कार पर्चा वितरण पान्थरका मुलवासीहरु घरदैलो गर्दै विभिन्न गाउँबस्ती घुमेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्