शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रारम्भिक मंगोल रिसर्च सेन्टर भवन आउँदो मार्च 7 मा उदघाटन हुने

Mongol Vision News | 12 फेब्रुअरी 2020

प्रारम्भिक मंगोल रिसर्च सेन्टर भवन आउँदो मार्च 7 मा उदघाटन हुने

झापा/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाद्वारा झापामा निर्माण भइरहेको बहुप्रतिष्ठित प्रारम्भिक मंगोल रिसर्च सेन्टर भवन आउदो मार्च 7 अर्थात फागुन २४ गते उदघाटन हुने भएको छ ।

    मंगोल रिसर्च सेन्टर भवन निर्माण सभाको आज बुधबार बसेको बैठकले भवन उदघाटनको मिति तय गरेको हो । संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा बसेको बैठकले भवन उदघाटनको मिति तय गर्दै बाकी रहेको कामलाई छिटो सम्पन्न गरि उदघाटन सभा कार्यक्रम कसरी गर्ने भन्ने बारेमा बृहत रुपमा छलफल गरेको छ । त्यसैगरि बैठकले कार्यक्रममा सम्पुर्ण नेता कार्यकर्ता एवम सहयोगदाता तथा सुभचिन्तकहरुलाई उपस्थिति भइदिन हुन आह्वान गरेको छ ।

   निर्माण सभा अध्यक्ष सन्तोष तामाङको अध्यक्षतामा बसेको बैठकमा संगठनको केन्द्रीय प्रचारप्रसार सचिव मनि पापो, केन्द्रीय प्रवक्ता दिलिप धिमाल, वरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमाल, केन्द्रीय सदस्यहरु सान बहादुर मेचे, अकल तामाङ, श्याम लिम्बू , प्रदेश नं. १ सभा अध्यक्ष भाष्कर चाम्लिङ, सचिब सागर राई, झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोल, मेचीनगर नगर सभाअध्यक्ष सागर मंगोल लगायत उपस्थिति रहेको थियो। झापाको मेचीनगर वडा २ मा निर्माण भइरहेको बहुप्रतिष्ठित मंगोल रिसर्च भवनको ९० प्रतिशत काम भइ सकेको निर्माण सभाले जनाएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्