शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रेसिडेण्ट बुद्धलाल मेचेद्वारा समवेदना पत्र हस्तान्तरण

Mongol Vision News | 17 सेप्टेम्बर 2019

प्रेसिडेण्ट बुद्धलाल मेचेद्वारा समवेदना पत्र हस्तान्तरण

झापा/ इलाम जिल्ला रोङ गाउँपालिका वडा नम्बर -६ रम्याङ निवासी मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभा सदस्य बुलबहादुर गुरुङका श्रीमती साथै एमएनओ प्रदेश नम्बर एकका सदस्य मिना कुमारी गुरुङकी ममतामयी आमा इन्द्रमाया गुरुङको मृत्यु प्रती दुःखद् व्यक्त गर्दै एमएनओ प्रदेश नम्बर एक सभाले हिजो एक कार्यक्रम गरि संगठनका प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युको हातबाट समवेदना पत्र हस्तान्तरण गरेको छ । गत साउन १४ इन्द्रमाया गुरुङको असामयिक निधन भएको थियो । लामो समयदेखी बिरामी रहनु भएकी इन्द्रमाया गुरुङले अन्ततः प्रकृतिको नियम जन्म संगै मृत्युलाई अंगिकार गरी प्राण त्याग गरेकि थिइन् ।

प्रेसिडेण्ट बुद्धलाल मेचेद्वारा समवेदना पत्र हस्तान्तरण

यो दुःखद् घडिमा सम्पुर्ण परिवात प्रती मात्र नभएर संगठनलाई पनि स्तब्ध तुल्याएकोले शोकाकुल परिवार प्रती धर्यधारण गर्न सकुन भनी प्रेसिडेण्ट बुद्धलाल मेचेले शोक सभालाई सम्बोधन गर्नु भएको थियो । यसैगरी मृतक इन्द्रमाया गुरुङको सम्झना स्वरुप एक मिनेट मौन धारण गरिएको थियो । प्रदेश नम्बर एक सभा सचिव सागर राईले उक्त समवेदन पत्र हस्तान्तरण कार्यक्रमलाइ सन्चालन गर्नु भएको थियो भने अध्यक्ष भास्कर चाम्लिङले पढेर उपस्थित सम्पुर्ण माझ सुनाउनु भएको थियो । उक्त कार्यक्रममा मेचिनगर सदस्य किशोर धिमाल, नरेन धिमाल लगायत प्रदेश नम्बर एकका सदस्य डि.एन धिमाल र प्रसिडेण्ट बुद्धलाल मेचे ज्यु साथै इलाम जिल्ला सभा अध्यक्ष प्रेमबहादुर तामाङ र केन्द्रीय सदस्य प्रेम जिम्बाको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्