शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रीतम गुरुङलाई सहयोग

Susma Aale | 9 मे 2021

प्रीतम गुरुङलाई सहयोग

लमजुङ/ भजन गाउने मुख भन्दा सेवा गर्ने हात नै महान हुन्छ । यस्तै एक उदाहरणीय सत्कर्मको सुरुवात : पूर्वी लमजुङ दूधपोखरी गाउँपालिका 5 ओखरी स्थायी घर भै बसोबास गर्दै आउनु भएको प्रितम गुरुङ्ग ससुराली गाउँ ताजीको उपल्लो गाउँबाट यात्रा गर्ने क्रममा बिगत लगभग 10 महिना पहिले साउन महिनामा अकस्मात् चिप्लिएर भिरबाट लडि घाँटी र मेरुदण्ड भाँचिएर गहिरो असर पर्न गै spainer injury भै हात खुट्टा समेत चलाउन नसक्ने अवस्थामा गम्भीर घाइते हुनु भएको हो । लगत्तै चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको थियो भने आज सम्म उहाँको उपचार गर्दा धेरै आर्थिक खर्च भैसकेको र अझै पनि धेरै नै रकम लाग्ने हुँदा उहाँको परिवारमा अहिले आर्थिक अभावको कारणले गर्दा उपचारमा निकै नै गाह्रो समस्य र बाल बच्चाहरुलाई समेत अध्यान अध्यापन गराउन एकदमै मुस्किल भैरहेको हुँदा पिडित प्रितम गुरुङ्ग ज्यूको श्रीमती हनि गुरुङ्ग ज्यूले जानकारी दिनुभएको हो । सोहि अनुसार र उहाँ एम एनओ समर्थक शुभचिन्तक भए सँगै उहाँको सहयोगको निमित्त मंगोल नेशनल अर्गनाइजेशन प्रवाश सभाको पहलमा अभियान शुरु गरेको थियो ।

यस विषम परिस्थितिमा गम्भीर दुर्घटनामा परी उपचार गराइरहनु भएका प्रितम गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै र उहाँको उपचारार्थका निम्ति निकै नै आर्थिक अवस्था नाजुक स्थितिमा आइपुगेको हुँदा उपचार खर्च सहयोगको लागि कुवेतका अहिन्दु मूलवासी मंगोल दाजुभाइ दिदिबहिनीहरुले चितवन मेडिकल कलेज स्थित अस्पतालको बेडमा छट्पटाई रहनु भएका पिडित घाइते प्रीतम गुरुङ बचाउ अभियान गत मार्च २० तारिक देखि चलाइएको जानकारी गराउँदै आजको मिति सम्म कुवेतको विभिन्न शहरलाई आफ्नो कर्म थालो बनाउँदै आइरहनु भएका विभिन्न तह र तप्काका नेपाली दाजुभाइ दिदिबहिनी लगायत मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कुवेत टिम तर्फबाट बिरामीको हातसम्म केही मात्रै भएपनि मलम स्वरुप राहत पुगोस भन्ने हेतुका साथ केही आर्थिक संकलन गरि सहयोग अभियान सुचारु गरि सम्पुर्ण इच्छुक सहयोगी मनको धनी मनकारी साथीहरूलाई विभिन्न माध्यमबाट पुर्याउँदै केही रकम जम्मा गरि उठाएको रकम जस्ताको त्यस्तै सहयोगि दाताहरुको नामावली सहित सहयोग रकम बिरामी पिडित प्रीतम गुरुङ ज्युको श्रीमती सम्म २३ अप्रिल २०२१ का दिन एम एनओ जिल्ला सभा लमजुङ्गका आदरणीय अध्यक्ष बिकाश गुरुङ ज्युबाट नेपाली रु.५२,000/- (बाउन्न हजार ) हस्तान्तरण गराईएको व्यहोरा सुचित गराउँदै सम्पुर्ण एम एनओ प्रवास सभा कुवेत टिम लगायत सम्पुर्ण सहयोगी मन प्रती हार्दिक आभार ब्यक्त गर्दै आउँदो दिनहरुमा मानविय धर्म निभाउन अझै जागरुक हुने हौसला प्रदान होस् भन्ने अपेक्षा सहित तमाम सहयोगी दाताहरु प्रति एम एनओ प्रवास सभा कुवेत हार्दिक कृतज्ञता अर्पण गर्दछौ ।

मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कुवेतबाट सहयोग गर्नुहुने सहयोगिहरुको नामावली यश प्रकार रहेको छ :-

१. विपिन गुरुङ(लमजुङ) रु.७,८००/-

२. भक्त बहादुर तामाङ(इलाम) रु.५,८५०/-

३. देव तामाङ(गोर्खा) रु.२,३४०/-

४. शुक बहादुर तमु गुरुङ(कास्की) रु.२,३४०/-

५. खुम सिंह थापा मगर(तनहुँ) रु.२,०४७/-

६. राम बहादुर तामाङ ब्लोन(मकवानपुर) रु.५,८५०/-

७. टार्जन घर्ती मगर(रोल्पा) रु.४,२९०/-

८. रिजन गुरुङ(लमजुङ) रु.३,९००/-

९. अर्जुन गुरुङ(स्याङ्जा) रु.३,९००/-

१०. दालम शेर्पा(सिन्धुपाल्चोक) रु.३,९००/-

११. रेनु राई(उदयपुर) रु.३,९००/-

१२. आश बहादुर तामाङ(लमजुङ) रु.१,९५०/-

१३. इश्वरी गैह्रे(स्याङ्जा) रु.१,९५०/-

१४. कृष्ण कुमार कुमाल(स्याङ्जा) रु.१,९५०/-

प्रीतम गुरुङलाई सहयोग

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्