Mongol Vision News | 9 अक्टोबर 2019
ताप्लेजुङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा ताप्लेजुङले पनि बिगतका वर्ष झै यो वर्ष पनि दशै बहिष्कार गरेका छन् । फुङ्गलिङ नगरपालिका अन्तर्गत बिरेन्द्र चोकमा रहेको संगठनको जिल्ला कार्यलयको भवनमा एक कार्यक्रम गरि कालो दशै बहिष्कार गरेका हुन् । यस देशका अहिन्दु मुलवासी मंगोलहरुको पतनको दिन विदेशी खसआर्य हिन्दु बाहुनक्षेत्रीहरुको विजय शुरूवात भएको दिन कथित विजय दशै अहिन्दु मुलवासी मंगोलहरुको निम्ति कालो दिन थियोे । यसर्थ जव यो मंगोल भुमिमा समस्त अहिन्दु मुलवासी मंगोलसमुदायको निम्ति राजनैतिक चेतनाको ज्योति बनेर युगपुरुष अमर डा गोपाल गुरुङ ज्युको जन्म भयो तव वहाँको पवित्र मंगोल दर्शन गाउँ- बस्ती कुना- कन्दरामा फैलिन थाल्यो । अहिले जहाँ डा गोपाल गुरुङ ज्युले प्राणको बाजी थापेर भद्रगोल जेलभित्र खोल्नु भएको संगठन मंगोल नेशनल अर्गनाइजेशन पुगेको छ । त्यहाँ हाम्रो मंगोल पुर्खाको टाउको छिनाली विजय उत्सव मनाउदै आएको कथित कालो दशै (हिन्दुआर्यको विजय उसत्व ) शसक्त रूपमा बहिष्कार गर्दै आएका छन् । उक्त बहिष्कार कार्यक्रममा प्रमुख अतिथी एमएनओ केन्द्रिय सदस्य छविन्द्र गुरुङ्गले कालो टिका लगाएर दशै बहिष्कार गर्नुको अर्थ प्रस्ट्याएका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology