आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रबास सभा कतारका पुर्ब अध्यक्ष स्याङ्बो लाई अन्तिम श्रद्धाञ्जली

Mongol Vision | 10 सेप्टेम्बर 2021

प्रबास सभा कतारका पुर्ब अध्यक्ष स्याङ्बो लाई अन्तिम श्रद्धाञ्जली

झापा/ मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा कतारका पुर्ब अध्यक्ष अर्जुन स्याङ्बो तामाङ लाई अन्तिम श्रद्धाञ्जली प्रदान गरिएको छ । शुक्रबार संगठनका केन्द्रीय सदस्य सान बहादुर मेचेले एम एनओको झन्डा मृतक तामाङको पार्थिव शरीरमा ओडाइ अन्तिम श्रद्धाञ्जली प्रदान गर्नु भएको थियो । सो क्रममा १ मिनेट मौन धारण समेत गरिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा संगठन केन्द्रीय प्रवक्ता एबम मंगोल भिजन साप्ताहिकका सम्पादक दिलिप धिमाल , केन्द्रीय सदस्य सुरज फम्बो , मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तवा, प्रदेश न १ सदस्य खडक स्याबो , कमल गाउँ सभा, चुलाचुली गाउँ सभा , दमक नगर सभा तथा बुद्ध शान्ति गाउँ गभाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको थियो । 
      

प्रबास सभा कतारका पुर्ब अध्यक्ष स्याङ्बो लाई अन्तिम श्रद्धाञ्जली

झापाको शिबसताक्षी नगर पालिका १ झिल्लीले निवासी तामाङको बिहीवार बेलुका ८ बजे दमक स्थित आम्दा अस्पतालमा फोक्सोको समस्याको कारण देहान्त भएको थियो ।सन २०१९ देखि २०२० सम्ममा उहाँ एम एनओ प्रबास सभा कतारको अध्यक्ष भइ काम गर्नु भएको थियो । १ श्रीमति र २ छोरा रहेको स्याबो तामाङको बौद्ध परम्परा अनुसार शुक्रबार नै दाहसंस्कार गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्